images

आइतवार, बैशाख ३० गते २०८१

उद्योग व्यापार संघद्वारा रक्तदान

उद्योग व्यापार संघद्वारा रक्तदान

images
images
images
आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • उद्योग व्यापार संघद्वारा रक्तदान

    बुटवल, १६ वैशाख ।   
    उद्योग व्यापार संघ बुटवलले आठौं रक्तदान कार्यक्रम गरेको छ । कालिकानगरस्थित संघको सचिवालयमा संघले आठौंपटक रक्तदान गरेको हो । कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य पुष्पराज ढकालले व्यवसायिक हकहितका अलावा संघले सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिए ।

    images
    images
    images

    संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आएको चर्चा गर्दै रगतको अभावमा कसैको ज्यान नजाओस् भनेर मानवीय सेवा भावले रक्तदान गरिएको बताए । अध्यक्ष पाण्डेले स्थानीय सरकारसँग सहकार्य गरेर सरसफाई, वृक्षरोपण लगायतका कामहरु पनि नियमित रुपमा गर्दै आएको बताए । कार्यक्रममा संघको कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार र शुभेच्छुक समेत गरी ४० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक विजय आचार्यले बताए ।

    चौराहा हस्पिटल प्रा.लि. र माया शुभ किराना पसलले आर्थिक तथा जिन्सी सहयोग गरेको रक्तदानमा रक्त सञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, वाणिज्य उपाध्यक्ष केशव श्रीस, महासचिव यमलाल मरासिनी, सचिव कोशलराज भण्डारी, कोषाध्यक्ष नम्रता थापा, सह–कोषाध्यक्ष अर्जुन गिरी लगायतले बोल्दै मानवीय सेवा र समाजिक काममा संघ सधैं अग्रणी भूमिकामा रहनुपर्नेमा जोड दिए । संघले यसअघि बुटवल देवीनगरमा गरेको चौथो औद्योगिक व्यापार मेलामा स्टल नै राखेर ८१३ जनालाई रक्तदान गराएको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij