२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

भैरहवामा ‘ऋदिमा पुर्वेली खुकुरी’ सञ्चालनमा

शनिवार , बैशाख १५, २०८१

  • 913
    Shares
  • 913
    Shares
  • भैरहवा, १४ वैशाख ।
    भैरहवामा पुर्वेली खुकुरीको विक्री कक्ष शुभारम्भ भएको छ । ‘ऋदिमा पुर्वेली खुकुरी’ को नामबाट चर्चित विभिन्न प्रकारका खुकुरीहरुको विक्रीवितरण सुरु गरिएको हो । यसले भारतीय तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने विक्री कक्षकी सञ्चालक सलुजा रामदामले बताइन् ।

    शुक्रबार विक्री कक्षको लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङका संस्थापक तथा उत्प्रेरक वक्ता विजय पाण्डेले शुभारम्भ गरेका छन् । विक्री कक्षमा उपलब्ध खुकुरीहरु विशेषत उपहार दिनका निम्ति उपयोगी भएको आमन्त्रितले बताएका छन् ।  

    WhatsApp Image 2024-04-26 at 5.43.12 PM (1).jpeg

    सञ्चालकलाइ प्रोत्साहन गर्न सिद्धार्थननगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, नेपाल सुनचाँदी व्यवसायी व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार प्रेम कुमार सेन्चुरी, समाजसेवी सुशील गुरुङ, रुपमा हिराचन, राजु वि.क, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी नितु थापा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका पदाधिकारीहरु लगायतले खुकुरीको अवलोकन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

    भैरहवास्थित एसियन बुद्ध होटलमा विक्री तथा प्रदर्शनी कक्ष राखिएकोमा होटलका महाप्रबन्धक दीपक धमलाले सञ्चालकलाइ धन्यवाद दिए । १० लाख बढीको लगानीमा रू. ८ सयदेखि ७५ हजारसम्मका खुकुरीहरु विक्रीका लागि राखिएको सञ्चालक सलुजा रामदामले जानकारी दिइन् । सलुजाले विगत ३ वर्षदेखि धरानबाट खुकुरी ल्याएर भैरहवामा विक्री गर्दै आएकी छन् । उनी सामाजिक क्षेत्रमा समेत क्रियाशील छिन् ।

    WhatsApp Image 2024-04-26 at 5.43.13 PM (2).jpeg