images

सोमवार, बैशाख २४ गते २०८१

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

images
images
images
शुक्रवार, बैशाख १४ २०८१
शुक्रवार, बैशाख १४ २०८१
  • नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

    काठमाडौं, १४ बैशाख । नेपाल र चीनबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोग र बोनम्यारो प्रत्यारोपणसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । 

    images
    images
    images

    शुक्रबार अर्थमन्त्रालयमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सीका प्रमुख लिनु झाओ हुईले हस्ताक्षर गरेका थिए ।

    सम्झौता कार्यक्रममा अर्थमन्त्री बर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकोमा चीनलाई धन्यवाद दिए । मन्त्री पुनले यसअघि भएको चिनियाँ राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पु¥याएको बताए । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै मन्त्री पुनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरे ।

    मन्त्री पुनले नेपाल र चीनबीच भएको बिभिन्न सम्झौतालाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताए । त्यस्तै चीनका तर्फबाट लिनु झाओ हुईले लगानी सम्मेलनका लागि आफुहरु उत्साहित रहेको र नेपालमा चिनियाँ लगानी ल्याउने धारणा राखे । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij