images

शनिवार, बैशाख २२ गते २०८१

लुम्बिनी प्रदेशमा ७ जना विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशमा ७ जना विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

images
images
images
बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • लुम्बिनी प्रदेशमा ७ जना विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

    रुपन्देही, १३ वैशाख ।
    लुम्बिनी प्रदेशका ७ जना विनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बुधबार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल, आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन कुमार के.सी. र सामाजिक विकास मन्त्रालयमा रत्न बहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ । चारैजना नेकपा (एमाले) बाट मन्त्री बनेका हुन् ।

    images
    images
    images

    त्यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा स्वतन्त्र सांसद् खड्क बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) की भगवती अधिकारीलाई दिइएको छ ।
    यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा (माओवादी केन्द्र) का दीपेन्द्र कुमार पुन मगरले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

    त्यसै गरी कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलका नेता भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् ।  जसपाले दुईवटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

    उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन् । लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी मुख्यमन्त्री हुँदा १० वटा मन्त्रालय थिए । लुम्बिनीको दोस्रो मुख्यमन्त्री बनेका तत्कालीन माओवादी संसदीय दलका नेता कुल प्रसाद केसीले १७ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

    तर, अहिले पुनः माओवादी केन्द्रको नेतृत्व र एमालेसहित राजनीतिक दलको समर्थनमा बनेको सरकारले मन्त्रालय थपेको छ । माओवादी केन्द्र संसदीय दलका नेता महरा मुख्यमन्त्री भएपछि गठबन्धन दलबीच भागबण्डा मिलाउन दुईवटा मन्त्रालय थपिएको हो । दुई मन्त्रालय थपिए पनि अझै गठबन्धन दलमा भागबण्डा भने मिलेको छैन ।

    एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी ५ राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद्् १ जना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा गत चैत २३ गते लुम्बिनी प्रदेशको पाँचौ मुख्यमन्त्री बनेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij