images

सोमवार, बैशाख २४ गते २०८१

तिलोत्तमा–६ मा बन्यो सुविधासम्पन्न वडा कार्यालय भवन

तिलोत्तमा–६ मा बन्यो सुविधासम्पन्न वडा कार्यालय भवन

images
images
images
बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • तिलोत्तमा–६ मा बन्यो सुविधासम्पन्न वडा कार्यालय भवन

    तिलोत्तमा, १२ वैशाख ।
    रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पुरानो सडकमा वडा नम्बर ६ को नवनिर्मित भवन मंगलबार उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वर देवी चौधरीले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । अपांगता तथा बालमैत्री संरचनामा बनाइएको आधुनिक भवनमा २ तलामा ८ वटा कोठा छन् । यो भवनसँगै नगरपालिकाले पुराना वडा कार्यालय भवन निर्माणसम्पन्न गर्ने चरणको सुरुवात गरी आफ्नै भवनमा सेवा सुचारु गर्न सफल भएको छ । 

    images
    images
    images

    १ वर्ष अघिदेखि भाडाको घरमा वडा कार्यालय सञ्चालनमा रहेको थियो । वडाअध्यक्ष गणेश पाठकले वडाको आफ्नै भवन निर्माणपछि वडाबासी र नगरबासीले लाभ लिन सक्ने विश्वास व्यक्त गरे । उनले छिटोछरितो रुपमा भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 
    कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले तिलोत्तमा नगरपालिका वडागत रुपमा दरिलो भइसकेको र सेवाग्राहीहरुलाई छिटोछरितो सेवा प्रवाहका लागि वडादेखि नगरसम्म सबै भौतिक निर्माण तथा सेवा प्रवाह विस्तार गर्न आग्रह गरे । उनले भौतिकसँगै मानवीय विकासले नगरलाई सेवा प्रवाहमा चुस्त बनाउँदै लगेको सबै नगरबासीहरुमा अवगत समेत गराए ।  

    नगर उपप्रमुख चौधरीले सहज, छिटोछरितो र प्रभावकारी सेवाका लागि नगरपालिकासँगै वडा कार्यालयहरु समेत लागिपरेको बताउँदै सेवामा कुनै पनि कन्जुस्याई नगर्न जनप्रतिनिधि तथा कर्मचारीहरुमा आग्रह गरिन् ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, योजना शाखा प्रमुख इञ्जिनियर प्रदिप बन, निवर्तमान वडाअध्यक्ष सुखदेव न्यौपाने, शान्ति नमुना माध्यमिक विद्यालयका अध्यक्ष शरद भट्टराई, समाजसेवी रोमणी पाठक लगायतले बोल्दै छोटो समयमै भवन निर्माण सम्पन्न भएकोप्रति खुसी व्यक्त गरे । 
    उद्घाटन समारोहमा जग्गा प्रदान गर्ने सागर मणि आदिको अर्धकद मूर्ति अनावरण समेत गरिएको थियो । साथै सहयोगी कर्मचारी, निर्माण व्यवसायी र विद्यालयका शिक्षकलाई सम्मान समेत गरिएको थियो ।

    कार्यक्रममा आत्मरक्षा तालिम प्रदान गरिएका बालबालिकाले कराँते प्रदर्शन र बाद्यबादन सिकेका महिलाहरुले स्वागत गीत गाएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण बहादुर क्षेत्रीले गरेका थिए ।   

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij