images

शनिवार, बैशाख २२ गते २०८१

बुटवल उपमहानगरपालिकामा चार भाषामा नागरिक वडापत्र

बुटवल उपमहानगरपालिकामा चार भाषामा नागरिक वडापत्र

images
images
images
मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • बुटवल उपमहानगरपालिकामा चार भाषामा नागरिक वडापत्र

    बुटवल, ११ वैशाख ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याएको हो ।

    images
    images
    images

    बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक वडापत्र मंगलबार एक कार्यक्रमकाबीच नगरप्रमुख खेलराज पाण्डेयले सार्वजनिक गरे ।  

    कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा वडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका वडापत्र राख्ने गरी तयारी भएको बताए । ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं, उनले भने–आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि वडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ ।’ उनले स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचाली अनुसार स्थानीय विज्ञहरुको संलग्नतामा वडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउन सक्ने बताए ।

    ‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरु र अन्यत्रका भाषाहरुमा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाह अनुसार हामीले बुटवलको चलनचल्ती अनुसार नै प्रयोगमा आउने वडापत्र बनाएका छौं, उनले भने–यसमा विज्ञहरुले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकल परिमार्जन गर्दै लगिन्छ ।’
    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताइन् । उनले बुटवलले आगामी दिनमा अरु भाषामा वडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताइन् ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ ।

    वडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफूले प्राप्त गर्न खोजेको सेवा सो वडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही वडापत्रमा हेर्न सकिनेछ । कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक वडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ ।

    IMG_1542.JPG

    वडापत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिएको र छिट्टै नै डिजिटल रुपमा सबै वडाहरुमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।   

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij