२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बामपन्थी शक्तिबीच एकता आवश्यक : घनश्याम भुसाल

शनिवार , बैशाख ८, २०८१

  • 559
    Shares
  • 559
    Shares
  • रुपन्देही, ८ वैशाख ।
    नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नका लागि नेकपा एकीकृत समाजवादी निर्णायक हुने बताएका छन् । उनले अंकगणितको हिसाबले पार्टी सानो भए पनि कम्यूनिष्ट पार्टीभित्रको जड्तालाई चिर्नमा आफूहरुले नेतृत्व गर्ने बताए ।

    समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले शनिबार तिलोत्तमामा आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाली पत्रकारिताको अवस्था र अबको बाटो विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले अहिले बनेको बाम बहुल गठबन्धनलाई आफूहरुले सकरात्मक रुपमा लिएको बताए । ‘माओवादी र एमाले करेक्सन हुँदा बामपन्थी शक्ति बन्न सक्छ’ महासचिव भुसालले भने–‘माओवादी माओवाद र एमाले व्यक्तिपुजाबाट बाहिर निस्कन सके बामपन्थी शक्ति बन्नेछ ।’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठीक बनाउन बामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताए ।

    महासचिव भुसालले नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनले बामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने समेत बताए । देशको राजनीतिमा उकुसमुकुस, सन्नाटा र भाँडभैलोको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने बताए ।

    ओली र प्रचण्ड दुवैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउँ नभएको तर्क गरे । महासचिव भुसालले पत्रकारिताले पत्रकारिताले समेत मुलुकको वर्तमान राजनीतिक विषयलाई गहिरोगरी छलफल गर्नुपर्ने बताए ।

    नेकपा (एस) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेले समृद्ध मुलुक बिना जनताको अधिकार प्राप्त नहुने बताए । पाण्डेले निराशावादी भन्दा आश जगाउने खालका समाचार लेख्न आग्रह गरे ।

    तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले पत्रकारिता क्षेत्रमा धेरै चुनौती भएको बताए । खाडले राजनीतिक परिवर्तनमा पत्रकारिताको ठुलो महत्व रहेको बताउँदै अहिले धेरै सकारात्मक परिवर्तन भएको बताए ।

    समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले नेपालको मुलधारको पत्रकारिता गलत ढंगले अघि बढ्दा वैकल्पिक पत्रकारिता हावी भएको बताए । सुवेदीले पत्रकार गैरजिम्मेवार हुँदै गए समाजमा धेरै क्षति हुने जानकारी दिए ।

    कार्यक्रममा नेकपा (एस) का केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश मोर्चा इञ्चार्ज अब्दुल मियाँ, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनीका अध्यक्ष ह«दय भुसाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रल, नेकपा (एस) पन्देहीका उपाध्यक्ष चिनकाजी गुरुङ, नेता सरिता श्रीस, प्रगतिशिल पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल, प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष विरेन्द्र कुँवर, जनपत्रकार संघ रुपन्देहीका अध्यक्ष विनोद खनाल लगायतले बोल्दै पत्रकारिता क्षेत्रमा आर्थिक रुपमा समस्या, नीतिगत र प्रविधिमा आएको परिवर्तनले ठूलो असर पारेको बताएका थिए । कार्यक्रम संगठनका अध्यक्ष विनोद परियारको अध्यक्षता, उपाध्यक्ष पुनहरी बेल्बासेको स्वागत तथा एलिना आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

    सृजनशिल पत्रकारिता पुरस्कार र विशिष्ट सम्मान प्रदान

    समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले सृजनशिल पत्रकारिता पुरस्कारबाट उषाकिरण पन्थ पुरस्कृत भएकी छन् । विगत डेढ दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकार पन्थलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा पूर्वमन्त्री घनश्याम भुसाल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी र तिलोत्तमा नगरपालिकाकाका प्रमुख रामकृष्ण खाणले पुरस्कार प्रदान गरेका हुन । पन्थ नगद, प्रमाण पत्र र दोसल्लाबाट पुरस्कृत भएकी हुन् । पन्थ ग्लोबल आवाज डटकममा आबद्ध छन ।

    त्यस्तै समाजवादी संगठन निर्माणमा विशेष योगदान गरेवापत संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, लुम्बिनी प्रदेश अध्यक्ष ह«दय भुसाल र केन्द्रीय सदस्य प्रकाश न्यौपानेलाई सम्मान गरिएको छ । महासचिव भुसालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन ।

    त्यसै गरी युवा पत्रकारिता सम्मानबाट समता टेलिभिजनमा कार्यरत अस्मिता अधिकारीलाई सम्मान गरिएको छ । महासचिव भुसाल र संगठन रुपन्देहीका अध्यक्ष परियारले दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

    IMG_8652.jpg

    यसअघि समाजवादी प्रेस संगठन लुम्बिनीको बैठक बसेको थियो । बैठकले आगामी नेपाल पत्रकार महासंघको निर्वाचन, संगठनका विषयमा विभिन्न निर्णय गरेको जनाएको छ ।