images

शुक्रवार, बैशाख २१ गते २०८१

भैरहवामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

भैरहवामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

images
images
images
शनिवार, बैशाख ८ २०८१
शनिवार, बैशाख ८ २०८१
  • भैरहवामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु

    भैरहवा, ८ वैशाख ।
    रुपन्देहीको भैरहवामा किशोरीहरुका लागि आत्मरक्षा तालिम सुरु भएको छ । सगरमाथा क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा एकमहिने तालिम सुरु भएको क्लबका सचिव दीपक न्यौपानेले बताए ।  न्यौपानेका अनुसार सिद्धार्थनगर नगरपालिका अन्तर्गत रहेका १० वटा सामूदायिक विद्यालयमा यो तालिम सञ्चालन हुनेछ । ‘कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइनेछ, करिब १ हजार बढी किशोरीहरुलाई तालिममा सहभागी गराउने लक्ष्य राखेका छौं । कराँते तथा तेक्वान्दोका १० जना प्रशिक्षकले तालिममा प्रशिक्षण दिनुहुनेछ, ’उनले भने ।

    images
    images
    images

    शुक्रबार सिद्धार्थनगर नगरपालिका–८ स्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले आत्मरक्षा तालिम आफैमा महत्वपूर्ण रहेको बताइन् । उनले कार्यक्रमको सफलताको कामना गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै जाने बताइन् । उनले भनिन्, ‘उपप्रमुख हुनुभन्दा पहिला नै आत्मरक्षा रक्षा तालिम आयोजना गर्नुपर्छ भन्ने मेरो सोच थियो । म यो पदमा रहेको बेला कार्यक्रम सञ्चालन भएकोमा खुसी लागेको छ ।’ हुन सक्ने सम्भावित घटनाबाट किशोरीलाई बचाउन तालिमले सहयोग गर्ने उनको भनाइ थियो । उपप्रमुख अधिकारीले सगरमाथा क्लब नाम जस्तै क्लब उचाईमा पुगोस् भन्दै शुभकामना व्यक्त गरिन् ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले नगरपालिकाले युवाको विकासमा जोड दिएको बताए । उनले प्राप्त सुझावहरुलाई सकारात्मक रुपमा लिदै आगामी दिनमा यो तालिम तीन महिनासम्म सञ्चालन गरिने बताए ।
    सगरमाथा क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले अनुशासित भएर तालिममा सहभागी हुन किशोरीहरुलाई आग्रह गरे । उनले तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    रुपन्देही खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले यो तालिम अघिल्लो वर्ष ६ महिना निरन्तर चलेको बताए । उनले छात्रा तथा किशोरीहरुले परिआएको खण्डमा मानसिक तथा शारीरिक रुपमा आफूलाई कसरी तयार पार्ने भन्ने तालिमको उद्देश्य रहेको बताए ।

    कार्यक्रममा श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक रुप कुमार रायमाझी, कार्यक्रम संयोजक एवं सगरमाथा क्लबका उपाध्यक्ष सुनिल चौधरी, कार्यसमिति सदस्य दीपक शर्मालगायतले भनाइ राखेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij