२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जसपा सांसद हसिना खानले लिइन् सपथ

शुक्रवार , बैशाख ७, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले सपथ लिएकी छन् ।

    शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सांसद खानलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथपछि सभामुख घिमिरेले सांसद खानलाई सांसदको लोगो लगाइदिएमा थिए । सपथपछि सांसद खानले आफ्नो कामको बारेमा अध्ययन गर्ने बताइन् । महिला अधिकारका साथै जिम्मेवारी अनुसार काम आफुले गर्ने उनले बताइन् ।

    समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।