
शुक्रवार , फाल्गुण ७, २०७७
बुटवल, ७ फागुन ।
दीप बोर्डिङ हाई स्कूलमा शुक्रबार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ र विद्यालयद्वारा खादा तथा मायाको चिनोसहित स्वागत गरिएको थियो भने राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा ए प्लस भन्दा बढी ग्रेड ल्याउने विद्यार्थीहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसै गरी विद्यालयले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूमध्ये एसईई परीक्षामा ३.९ र सो भन्दा माथि ४ जीपीएसम्म ल्याएका विद्यार्थीहरूलाई समेत प्रशंसापत्रद्वारा सम्मान गरेको छ ।
त्यसै गरी सोही कार्यक्रममा विद्यालयले कक्षा १०, ११ र १२ मा अध्यापन गराउने सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई समेत सम्मान गरेको छ । एसईई र कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै विद्यालयले शिक्षकहरूलाई सम्मान गरेको हो ।
विद्यालयको कक्षा ११ र १२ का संयोजक वसन्त कुमार जोशीको अध्यक्षता, प्राचार्य टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता, उपप्राचार्य त्रय कलाधर अर्याल, ज्ञानु थापा र सुरेन्द्र कुमार शाक्य, लेखा प्रमुख रेखा श्रेष्ठ, व्यवस्थापन संकायका संयोजक डी.बी.रायमाझी, विज्ञान संकायका संयोजक कमल नेपाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १२ का विद्यार्थी नारायण पाण्डेले स्वागत, कक्षा ११ का विद्यार्थी सन्देश भट्टराईले धन्यवाद, पूर्व विद्यार्थी सन्दीप खनालले उत्प्रेरणामूलक मन्तव्य र कक्षा १२ उत्तीर्ण मनोहर श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डे गरेका थिए ।
त्यसै गरी विद्यालयमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूबीच दीप सिङगिङ आइडल प्रतियोगिता समेत सम्पन्न भएको छ ।
अन्तिम चरणका लागि छनोट भएका १४ जना विद्यार्थीहरूले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रमको संयोजन विजय सापकोटाले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij