images

बुधवार, बैशाख १९ गते २०८१

लुम्बिनी प्रदेशमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?

लुम्बिनी प्रदेशमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?

images
images
images
बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • लुम्बिनी प्रदेशमा एमालेबाट को–को बन्दैछन् मन्त्री ?

    रुपन्देही, ६ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् । एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके) लाई सरकारमा पठाउने निर्णय गरेको छ ।

    images

    यसअघि एमालेबाट संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । तर, उनको जिम्मेवारी तोकिएको छैन । आचार्य मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री र लिला गिरी नेतृत्वको सरकारमा ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री थिए । 

    चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोख बहादुर महराले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट १/१ जना मन्त्री बनाइसकेका छन् । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij