
व्यवसायीमैत्री योजनासहित अघि बढ्न सुझाव
शुक्रवार , फाल्गुण ७, २०७७
बुटवल, ७ फागुन ।
नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा प्रथम बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले औषधि व्यवसायीहरुप्रति समाजको दृष्टिकोण बदल्ने गरी योजना बनाएर अघि बढ्न सुझाव दिएका छन । केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले संघको लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शिव ज्ञवालीलाई संस्थाको माइन्युट हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । व्यवसायिक हकहितसंगै सामाजिक कार्यमा संघ निरन्तर लाग्न समेत उनले सुझाव दिए ।
कार्यक्रममा संघको लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शिव ज्ञवालीले औषधि व्यवसायलाई व्यवसायी मैत्री र जनउत्तरदायी बनाउन अग्रसर रहने प्रतिवद्घता जनाए । धेरै तयारी र योजनापछि प्रदेश गठन भएर मूर्त रुप लिएको भन्दै प्रदेशका काम अब निरन्तर अगाडि बढाउने उनले बताए ।
कार्यक्रममा संघका रुपन्देही शाखा अध्यक्ष सुरज भट्टराईलाई प्रदेश अधिवेशन सम्पन्न गर्न योगदान पुर्याएवापत सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशका महासचिव लुकराज न्यौपाने, पूर्व लुम्बिनी अञ्चल अध्यक्ष रोहितराज क्षेत्री, सुनिल श्रेष्ठ, रामप्रसाद खरेल, राजेन्द्र श्रेष्ठ, अभय कुमार बस्नेतले नवनिर्वाचित पदाधिकारीहरु सफल कार्यकालको शुभकामना दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij