images

सोमवार, बैशाख १७ गते २०८१

युसीएमएस नजिकै सञ्चालनमा आयो ग्लासगो रेष्ट्रो

युसीएमएस नजिकै सञ्चालनमा आयो ग्लासगो रेष्ट्रो

images
images
images
मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • युसीएमएस नजिकै सञ्चालनमा आयो ग्लासगो रेष्ट्रो

    भैरहवा, ४ वैशाख ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ रानीगाउँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) नजिकै ग्लासगो रेष्ट्रो थकाली फूड एण्ड क्याफे सञ्चालनमा आएको छ । भैरहवास्थित बैंकरोडमा सञ्चालित होटल ग्लासगो इनको नयाँ शाखा मेडिकल कलेज नजिकै नौला व्यवस्थापनका साथ सञ्चालनमा आएको युवा व्यवसायी तथा सञ्चालक मनिष ढकालले बताए । ग्लासगो रेष्ट्रोमा वातानुकुलित (एसी) सुविधासहित शान्त वातावरणमा थकाली खानासँगै क्याफेको व्यवस्था रहेको ढकालले बताए ।

    images

    युसीएमएसमा कार्यरत चिकित्सक, स्वास्थ्यकमी, यहाँ अध्ययनरत विद्यार्थी, बिरामी, बिरामी कुरुवा तथा विभिन्न व्यक्तित्वलाई सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको उनले बताए । ‘विशेष गरी थकाली खानालाई फोकस गरेका छौं, गुणस्तरीयतामा कुनै पनि सम्झौता हुँदैन । ग्राहकको आतिथ्यतामा विशेष ध्यान दिनेछौं । यहाँ कार्यक्रम पनि गर्न सकिन्छ । यहाँ एकपटकमा ५०–६० जना अट्ने क्षमता छ, ’उनले भने ।

    थकाली खाना २५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म उपलब्ध हुने उनले जानकारी दिए । सञ्चालक ढकालका अनुसार ६५ लाख लगानीमा सुरु भएको रेष्ट्रो थकाली फूड एण्ड क्याफेमा ११ जनाले रोजगारी पाएका छन् ।

    विगत ३० वर्षदेखि भैरहवाको बैंकरोडमा होटल ग्लासगो सञ्चालनमा आएकोमा आफूले २०७६ चैत १ गतेदेखि सञ्चालक भइ शुभारम्भ गरेको उनले बताए । ‘रेष्ट्रोको बाहिर क्षेत्र (एरिया) मा क्याफे र भित्र शुद्ध थकाली भान्साघर रहनेछ, ’उनले भने । अहिलेको समयमा विभिन्न चुनौतीको सामना गर्दै ग्राहकको सेवामा लाग्ने सोच बनाएको बताए ।

    ग्लासगो रेष्ट्रो थकाली फूड एण्ड क्याफेको मंगलबार सञ्चालक मनिष ढकालका बुवा दिनेश ढकाल र आमा विमला ढकालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    IMG_5564.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij