२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

नेपाल नालन्दाको वार्षिकोत्सव सम्पन्न

शुक्रवार , फाल्गुण ७, २०७७

भैरहवा, ७ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस २०७७ सम्पन्न भएको छ । विद्यालयका प्राचार्य कमल कोइरालाको अध्यक्षता, विद्यालय सञ्चालक तथा प्रबन्ध निर्देशक युवराज पाण्डेको प्रमुख आतिथ्यता र प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रिय सदस्य अनुराग पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम

सम्पन्न भएको थियो । 
कोभिड–१९ को महामारीकाबीच केही अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । 
कार्यक्रममा विद्यालयमा भएका विभिन्न शैक्षिक गतिविधि र खेलकुद प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले विद्यार्थीहरुलाई विभिन्न प्रसंगहरुसंग जोडेर उत्कृष्ट कार्य गर्नको लागि प्रोत्साहन गराएका थिए । त्यस्तै विद्यार्थीको ज्ञान शिल र एकता भएमा राष्ट्रको विकास हुने अनुराग पाण्डेले बताए । 

विद्यालयका शिक्षक नारायण प्रसाद कोइरालाको स्वागत तथा सह–प्राचार्य युवराज पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।