images

मंगलवार, बैशाख १८ गते २०८१

१४ जनाको एउटा क्याफे, स्वरोजगार बन्न पाउँदा परिवारमा खुसी

१४ जनाको एउटा क्याफे, स्वरोजगार बन्न पाउँदा परिवारमा खुसी

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • १४ जनाको एउटा क्याफे, स्वरोजगार बन्न पाउँदा परिवारमा खुसी

    लुम्बिनी, ३ वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा १४ जना महिलाहरु मिलेर क्याफे सञ्चालनमा ल्याएका छन् । लुम्बिनीस्थित महिलवारका १४ जना महिलाहरु मिलेर शान्ति दीप अगाडि आम्मा क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

    images

    आर्थिक अवस्था कमजोर तथा बेरोजगार भइ घरमै बसेका १२ जना विवाहित र २ जना अविवाहित महिलाहरुको समूह मिलेर उक्त क्याफे तथा रेष्टुरेण्ट सञ्चालन गरेका हुन् । उनीहरुले क्याफे सञ्चालन गरेको करिब ३ वर्ष हुन लाग्यो । क्याफे सञ्चालन गर्नुपूर्व घरधन्दामै व्यस्त हुने उनीहरु भने अहिले आफ्नो व्यवसायमा रमाउन थालेका छन् ।

    सामान्य लेखपढ गर्न सक्ने उनीहरुलाई विश्व बैकले क्याफे सञ्चालनका लागि बाटो खोलिदिएको हो ।

    ‘पहिले हामी घरधन्दामै दिन बिताउने गरेका थियौं, क्याफे सञ्चालन गरेसँगै घर र क्याफेको दुवै काम भ्याएका छौं । क्याफे सञ्चालक सुनिता चौधरीले भनिन्, ‘विश्व बैंक र लुम्बिनी विकास कोषको सहयोगका कारण हामीलाई यो अवसर मिलेको हो ।’

    बैंकले गाउँगाउँमा गएर आफूहरुलाई छनोट गरी तालिम दिएर सीप सिकाएर काममा दक्ष बनाएको उनको भनाइ छ ।

    ‘सुरुमा क्याफे व्यवस्थापनदेखि क्याफेमा लाग्ने सम्पूर्ण खर्च विश्व बैंकले गरेको हो । क्याफेको नाम आम्मा क्याफे एण्ड रेष्टुरेण्ट पनि उहाँहरुले नै राखिदिनु भएको हो चौधरीले भनिन् । ’ धेरै आमाहरु मिलेर सञ्चालन गरेको हुनाले क्याफेको नाम आम्मा राखेको उनीहरुको भनाइ छ ।

    उनीहरुले क्याफेमा स्याण्डवीज, चाउचाउ, नमकिन, बटर कुकिज, चिया, कफी, तिलको लड्डु, नरिवलको लड्डुलगायतका परिकारहरु बनाउने गरेका छन् । त्यहाँ उपलब्ध हुने सबै खानेकुरा उनीहरु मिलेर आफै मिलेर बनाउने गरेको बताएका छन् ।

    उनीहरुको १४ जनाको टीम दुई भागमा विभाजन गरेर काम गर्दै आएका छन् । ७ जना बिहान ७ बजेबाट १ बजेसम्म काम गर्ने गर्छन् भने अर्को ७ जनाको समूह दिउँसो १ बजेबाट काममा लाग्ने गर्छन् ।

    उनीहरुमध्ये सबैजनाले होटलमा विभिन्न काम गर्छन् । कसैले खाना बनाउँछन् भने कसैले भाडा सफा गर्ने लगायतका काम गर्ने गरेको उनीहरुको भनाइ छ ।  उनीहरुले सञ्चालन गरेको क्याफेमा कहिलेकाही राम्रै व्यापार हुने गर्छ भने कहिलेकाही भने सामान्य खर्च पनि नउठ्ने उठ्दैन ।

    ‘सुरुका दिनमा त कहिलेकाही दिनभरमा ८० रुपैयाँको मात्र व्यापार भएको थियौं सञ्चालक चौधरीले भनिन, ‘त्यतिबेला त भोलीका दिनमा होला नि भनेर हिंडेका थियौं, अहिले त राम्रै चलेको छ, यसैबाट छोराछोरीलाई पढाएका छौं, घरखर्च चलाएका छौं ।’

    व्यापार हुँदा आम्दानी भएको पैसा साँझ बैंकमा राख्ने गरेका छन् । बैंकमा राखेको पैसा महिना पुगेपछि हिसाब गरेर क्याफेको खर्च कटाएर १४ जनालाई तलबको रुपमा बाँड्ने गरेको चौधरीले बताउँछिन् । यसरी आफुले काम गरेर पैसा कमाउन थालेपछि उनीहरु अहिले खुसीले गद्गद् छन् । आफ्नो खर्चको लागि श्रीमान्सँग पैसा माग्नुपरेन भने घरपरिवारलाई पनि सहयोग गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताउँछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij