images

सोमवार, बैशाख १७ गते २०८१

स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा रक्तदान

स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा रक्तदान

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा रक्तदान

    बुटवल, २ वैशाख ।
    यातायात मजदूर तथा व्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं वार्षिक साधारणसभाको अवसरमा आइतबार प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यालय परिसरमा बिहान स्वास्थ्य जाँच, बृहत् रक्तदान तथा दिउँसो चालक तथा यातायात मजदूरहरुलाई दुर्घटना न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको हो । 

    images

    प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले ट्राफिक नियम सम्बन्धी, नेको इन्स्योरेन्स प्रदेश प्रमुख रमेश थापाले दुर्घटना बीमाका बारेमा तथा लुम्बिनी प्रदेशका पूर्व न्यायाधीवक्ता खुमाकान्त पौडेलले दुर्घटनापछिको कानूनी प्रबन्धका बारेमा प्रशिक्षण दिएका थिए ।

    यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले स्वर्ण महोत्सवलाई मजदूर तथा व्यवसायीहरुको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको बताए । कतिपय कानूनका नया प्रावधानको विषयमा अनविज्ञ रहेका व्यवसायीहरुलाई सहयोग हुने गरी कार्यक्रम गरिएको उनले बताए ।  

    कार्यक्रममा यातायात र कानूनका विषयमा अधिवक्ता खुमाकान्त पौडेलले सवारी दर्ता प्रमाणपत्र नवीकरण, दुर्घटना बीमा, क्षतिपूर्ति, सजायका पाटोका विषयमा सहजीकरण गरेका थिए । अनुसन्धानको पाटो नै मुख्य हुने भन्दै उनले यसको आधारका रुपमा मेडिकल रिपोर्टलाई बनाइने उनले बताए । मुलुकी देवानी संहिताले संरक्षक नियुक्त गर्ने ब्यवस्था गरेको छ । जसअनुसार स्थानीय सरकारबाट प्रमाणित गरेको खण्डमा त्यो संरक्षकले बीमाको दावी वा सम्पत्तिप्रति हकदावी गर्न पाउने ब्यवस्था छ । नेपालमा क्षतिपूर्ति पाउने व्यक्ति नहुने तर क्षतिपूर्ति भराउन निर्देशन दिने जस्ता दोहोरो अर्थ लगाउने कानुनको कारण समस्या उत्पन्न हुने उनले बताए । ‘कानुनलाई सबैले मान्नुपर्छ’—उनले भने । मजदुर र व्यवसायीहरुलाई लक्षित गरी एक दिने प्रशिक्षण कार्यक्रम गरिएको हो ।

    68a55a29-2d2b-42f7-85e7-3777ec380384.jpeg

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवलका संघ–संस्थाहरु आफ्नो व्यवसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वमा सधै अग्रसर रहेको बताए । 

    कार्यक्रममा महासचिव योगबहादुर गुरुङले संस्थाको गरिमालाई सधै उचो राख्ने गरी रचनात्मक कार्यहरु गर्दै आएको बताउँदै मजदूर र व्यवसायीको स्वास्थ्य, सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्न सफल भएको बताए । 

    नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९७ जनाले रक्तदान गरेको उनले बताए । 

    त्यसै गरी चौराह हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा मधुमेह, रक्तचाप, मुटुको परीक्षण गरिएको छ । अस्पतालका डा. प्रदिप चापागाई, जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवर, सुदिप खत्री, संगिता घर्तीमगर, रिबिसा श्रेष्ठको टिमले १५० जनाको सामान्य परीक्षण, मधुमेहको ९० र ६० जनाको ईसिजी परीक्षण गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij