images

सोमवार, बैशाख १७ गते २०८१

नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा पर्यटकको घुइँचो (फोटोफिचर)

नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा पर्यटकको घुइँचो (फोटोफिचर)

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा पर्यटकको घुइँचो (फोटोफिचर)

    भैरहवा, २ वैशाख । नयाँ वर्ष २०८१ को पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा १५ हजार बढीले लुम्बिनीको भ्रमण गरेका छन् । वैशाख १ गते शनिबार मायादेवी मन्दिर, केन्द्रीय नहरलगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लागेको थियो ।

    images
    Lumbiniiii2.jpg

    लुम्बिनी आएका धेरै पर्यटकले नयाँ वर्षको सुरुवात लुम्बिनीबाट गर्ने सोच अनुसार लुम्बिनी भ्रमणमा आएको जनाएका छन् । कोरोनाका कारण घरभित्रै बस्न बाध्य पर्यटकहरु कोरोनापछि लुम्बिनी भ्रमणमा उत्साहजनक रुपमा निस्किएका हुन् । विगतमा कोरोनाका कारण घरमै खुम्चिएका आन्तरिक पर्यटकहरु २०८१ को सुरुकै दिन लुम्बिनीमा रमाएका थिए । नयाँ वर्षमा पर्यटकहरुको रोजाइ लुम्बिनी बनेको छ ।

    Lumbiniiii5.jpg

    यहाँ आएका पर्यटक तथा दर्शनार्थीहरुले वर्षको पहिलो दिनको सुरुवात गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहेर नै लुम्बिनी आएको बताएका छन् । विश्वमै शान्तिको सन्देश फैलाउने गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन पाउँदा निकै खुसीको अनुभुति भएको उनीहरुको भनाइ छ ।

    बर्दियाका चुरामणि अर्यालले यसअघि २०५६ सालमा आफू लुम्बिनी आउको र अहिले आउँदा नयाँ किसिमको अनुभुति भएको बताए ।

    Lumbiniiii6.jpg

    लुम्बिनीको महत्व सबैले बुझेकै कारण आन्तरिकसँगै बाह्य पर्यटकहरु धेरै आएको र लुम्बिनी आउँआउँ लाग्ने ठाउँ भएको पश्चिम नवलपरासीबाट आएका कमलकिशोर रायमाझीले बताए । उनले लुम्बिनी भ्रमण गर्न सबैलाई आग्रह गरे ।

    गुल्मीका तिलाचन पाण्डेले लुम्बिनी विश्वकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भएकाले धेरै पर्यटक तथा दर्शनार्थी एवं भक्तजन यहाँ आउने गरेको बताए ।

    लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र कपिलवस्तुका नागरिकबाहेक अन्य सबैलाई मायादेवी मन्दिर प्रबेशका लागि शुल्क तोक्दै ई–टिकटको पनि व्यवस्था गरेको छ ।

    ईटिकटबारे प्रयाप्त जानकारी नपाएका कारण आफूहरु अलमलमा परेको केही पर्यटकले खबरपात्रोलाई बताए ।

    Lumbiniiii7.jpg
    Lumbiniiii4.jpg
    Lumbiniiii9.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij