२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

भैरहवा मर्निङवाक ग्रुपद्वारा शुभकामना आदानप्रदान

आइतवार , बैशाख २, २०८१

  • 979
    Shares
  • 979
    Shares
  • भैरहवा, २ वैशाख ।
    भैरहवा मर्निङवाक ग्रुप (बीएमजी) ले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बीएमजीले सिद्धार्थनगर नगरपालिका–८ वी.पी. पथस्थित शहीद स्मृति पुस्तकालयको सभा-कक्षमा उक्त कार्यक्रम गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुपर्ने बताए । उनले भने, ‘मलाई आशा र विश्वास छ । ३ वर्षभित्र सिद्धार्थनगरको मुहार फेरिन्छ । ’ नगरप्रमुख खाँले डण्डा कोरिडोर परियोजना छिटो भन्दा छिटो सुरु गर्ने तयारीमा रहेको बताए । बीएमजीले विभिन्न विषयमा विभिन्न निकायको ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।

    बीएमजीका अध्यक्ष विजय गोविन्द श्रेष्ठ (विजय सागर)ले २०८० देशबासीका लागि राम्रो हुन नसकेको बताए । उनले भने, ‘नयाँ वर्ष २०८१ मा देशको विकास होस् ।’

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, लुम्बिनी प्रेस क्लब रुपन्देहीका निवर्तमान अध्यक्ष नरेश केसी, वैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरकी अध्यक्ष गंगा श्रेष्ठ, दुर्गा सामुदायिक सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ (सामुदायिक प्रहरी) का अध्यक्ष अजय कुमार गुप्तालगायतले बालेका थिए ।

    बीएमजीका अध्यक्ष विजय सागरको अध्यक्षता, उपाध्यक्ष राजुनारायण श्रेष्ठको स्वागत तथा सचिव वनमाली निराकारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।