images

बिहिवार, बैशाख २० गते २०८१

नयाँ वर्षमा कारागारभित्रै रमाए कैदीबन्दी

नयाँ वर्षमा कारागारभित्रै रमाए कैदीबन्दी

images
images
images
शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • नयाँ वर्षमा कारागारभित्रै रमाए कैदीबन्दी

     

    images
    images
    images

    भैरहवा, २ वैशाख । 
    नयाँ वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदानप्रदानसहित साँस्कृतिक कार्यक्रममा रमाउन पाएसँगै रुपन्देही कारागारका कैदीबन्दीले खुशी व्यक्त गरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीहरुलाई नाचगानसहित बिहानी भोजमा सहभागी हुन पाउँदा कैदीबन्दी निकै हर्षित देखिएका थिए । 

    कार्यक्रममा कारागारका ४ सय ७२ जना कैदीबन्दी र बालसुधार गृहका ८५ जना कैदीहरुलाई बिहान सामूहिक रुपमा खाना खुवाइएको थियो भने साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । 

    कारागारका कैदीबन्दी ईजाज अलीले शुभकामना दिदै यो कार्यक्रमले आफूहरुलाई निकै खुशी तुल्याएको उल्लेख गरे । अलीले भने,‘नयाँ साल निराशमै त बित्ने होला, कारागार बाहिर रहेका नेपालीहरुमा मात्र उमंग छाउने होला भन्ने सोच थियो । तर, नयाँ सालको उत्सवको लहर कारागार भित्रै पाउँदा गर्वले छाती चौडा भएको अनुभुति छ ।’ 

    कारागार तथा बालसुधारको चारघेरा भित्र रहेका कैदीबन्दीहरुको आत्मबल र सिर्जनशिलता बढाउन यी कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । परिस्थिति, परिबन्धन र नियतले सजाय खेपिरहेका कैदीबन्दीहरुको बाँकी जीवन सुनौलो भएकाले हिनताबोध नगर्न प्रजिअ अर्यालको आग्रह छ । 

    कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष रामचन्द्र अर्यालले कैदीहरुमा आत्मविश्वास बढाउन सामाजिक गतिविधिलाई प्रशासनले अघि सारेको बताए । उनले आगामी दिनमा समेत यी कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले कैदीबन्दी अनुशासित भएर बस्नुपर्ने बताए । कारागारभित्र कुनै समस्या पर्नासाथ कारागार प्रमुखलाई खबर गरी समाधानतर्फ लाग्न सबैलाई आग्रह गरे । 

    जिल्ला प्रशासन कार्यालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र रुपन्देहीको संयोजन र व्यवस्थापनमा कार्यक्रम भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij