images

मंगलवार, बैशाख १८ गते २०८१

उद्योग व्यापार संगठन रुपन्देहीमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

उद्योग व्यापार संगठन रुपन्देहीमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

images
images
images
शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • उद्योग व्यापार संगठन रुपन्देहीमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

    भैरहवा, १ वैशाख ।
    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीले नव वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । संगठनले सिद्धार्थनगर नगरपालिका–९, उदयपुरस्थित संगठनको सभाहलमा शुक्रबार उक्त कार्यक्रम गरेको हो ।

    images

    कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै कमीकमजोरी सुधार गर्दै अघि बढ्न आग्रह गरे । उनले भने, ‘काम कुनै पनि सानो ठूलो हुँदैन । जुनुसुकै काम मिहिनेतका साथ गर्नुपर्छ । गलत काम पो गर्नुभएन ।’

    नगरप्रमुख खाँले सफल व्यक्तित्वहरुको जीवनी पढ्नुपर्नेमा जोड दिए । उनले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । मानवताको भावनाका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

    IMG_4823.JPG

    त्यस्तै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी, सल्लाहकार लक्ष्मण भण्डारी, वाणिज्य उपाध्यक्ष राम मिलन यादव, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, आस्था महिला उद्यमी संघ सिद्धार्थनगर, रुपन्देहीकी अध्यक्ष मिनिता थापा क्षेत्री, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका प्रथम उपाध्यक्ष सुनिलराज विष्ट, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईलगायतले बोल्दै २०८० सालमा मुलुक संकटमा परेको बताउँदै नयाँ वर्ष २०८१ सालमा बजार चलायमान हुने र मुलुक आर्थिक रुपमा समृद्ध हुने विश्वास व्यक्त गरे ।

    प्रोफेसनल लिडरसीप डेभलमेन्ट ट्रेनिङको पाँचौ श्रृंखला

    यसैबीच प्रोफेसनल लिडरसीप डेभलमेन्ट ट्रेनिङ (तालिम) को पाँचौ श्रृंखला शुक्रबार सम्पन्न भएको छ । चैत पहिलो हप्तादेखि तालिम सुरु भएको उद्योग व्यापार संगठन, रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले बताइन् । नेतृत्व तथा व्यक्तित्व क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको तालिमका संयोजक तथा संगठनका सचिव गौतम कुमार गुप्ताले बताए ।

    IMG_4805.JPG

    संगठनका अध्यक्ष दर्पण श्रेष्ठले आफूसँगै र अरुलाई कसरी अनुशासित गर्ने भन्ने विषय पनि तालिमले सिकाएको बताए । उनले तालिमले विभिन्न नयाँ कुरा सिकाएको बताए ।

    कार्यक्रममा तालिमका सहभागीहरु विन्दु न्यौपाने, चन्द्रकला कुँवर, कल्पना न्यौपाने, मिनिता थापा क्षेत्री, सुमन न्यौपाने, रोमाकान्त भट्टराई, कृष्ण प्रसाद मरासिनी, गोविन्द सापकोटा जैसीलगायतले बोलेका थिए ।

    Bijay Pandey.JPG

    तालिमको प्रशिक्षक विजय पाण्डेले सहजीकरण गर्दै आएका छन् । संगठनको सभाहलमा प्रत्येक शुक्रबार यो तालिम सञ्चालन हुँदै आएको छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij