२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देहीमा अवैध रुपमा माटो उत्खनन् गर्ने तीनवटा सवारीसाधन नियन्त्रणमा

शुक्रवार , चैत्र ३०, २०८०

  • 700
    Shares
  • 700
    Shares
  • भैरहवा, ३० चैत ।
    रुपन्देहीमा अवैध रुपमा माटो उत्खनन् गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएकोे टोलीले बुधबार सैनामैना नगरपालिका–९ अस्नेरी र वडा नम्बर ७ देवापारबाट सवारीसाधनहरुलाई नियन्त्रणमा लिएको हो ।

    अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा फेला पारी तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बताइन् ।

    ना १ क ५१२४ नम्बरको जेसीबी, लु २ ख ५८३२ र लु १ ख ९६७४ नम्बरको टिप्पर नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि सैनामैना नगरपालिकाको कार्यालयमा पठाइएको र ६० हजार जरिवाना भएको डीएसपी खनालले जानकारी दिइन् ।