images

मंगलवार, बैशाख १८ गते २०८१

नयाँ वर्षको अवसरमा सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटहरूमा सांगीतिक प्रस्तुति हुने

नयाँ वर्षको अवसरमा सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटहरूमा सांगीतिक प्रस्तुति हुने

images
images
images
शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • नयाँ वर्षको अवसरमा सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटहरूमा सांगीतिक प्रस्तुति हुने

    भैरहवा, ३० चैत ।

    images

    सिद्धार्थ हस्पिटालिटीले नयाँ वर्षको अवसरमा आफ्ना सबै आउटलेटहरूमा सांगीतिक प्रस्तुतिका साथ पाहुनाहरूलाई स्वागत गर्ने भएको छ ।

    हस्पिटालिटी अन्तर्गत भैरहवामा भएको सिद्धार्थ भिलासामा द भ्वाइस अफ नेपालको पहिलो सिजन १ विजेता सिडि विजय अधिकारी, आभा थापालगायतले विशेष सांगीतिक प्रस्तुति दिनेछन् । साथै सुदीप क्षेत्री र डिजेले फायरवर्क्सका साथमा लाइभ म्यूजिकमा पाहुनाहरूलाई रमाइलो गराउनेछन् ।

    नयाँ वर्गको अवसरमा यस सांगीतिक माहोलमा सहभागी हुनका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क राखिएको छ । जसमा लाभिश बफेट डिनर, अनलिमिटेड स्न्याक्स एण्ड फुड्स तथा रिफ्रेशिङ ड्रिङ्क्सको समेत मज्जा लिन सक्नेछन् ।

    त्यस्तै नेपालगञ्जमा अवस्थित भ्यु होटल सिद्धार्थमा गायिका मेलिना राई तथा अन्य ब्याण्डको विशेष प्रस्तुति रहनेछन् । डिजे शेडको डिजेमा रमाउँदै लाइभ फूड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ ।

    होटलले यस प्याकेजमा फरक फरक शुल्क राखेको छ । जोडिको लागि ४ हजार रुपैयाँ, एक जनाको लागि २ हजार २ सय रुपैयाँ र बालबालिकाका लागि १ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको होटलले जनाएको छ ।

    जसमा लाइभ स्न्याक्स अनलिमिटेड र लाइभ डिनर समेत लिन सकिनेछ ।

    हस्पिटालिटीको चितवन सौराहास्थित सिद्धार्थ भिलासा वन्वासले नयाँ वर्षको अवसरमा विशेष साँस्कृतिक नृत्य लगायतमा रमाउन सकिनेछ ।

    सुर्खेतमा रहेको सिद्धार्थ सन्नी रिसोर्टमा गायक प्रकाश दुतराजको विशेष प्रस्तुति रहनेछ । नयाँ वर्षको अवसरमा आयोजनाग गरिने विशेष कार्यक्रममा जेप्पर ब्याण्डले सांगीतिक माहोल सिर्जना गर्नेछ भने डिजेका साथै मोडल करिश्मा ढकालको प्रस्तुति रहनेछ ।

    डिजेमा रमाउँदै लाइभ फुड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ ।

    रिसोर्टले १ जनाको लागि १ हजार ५ सय रुपैयाँ, जोडीका लागि २ हजार ५ सय रुपैयाँ र बालबालिकाका लागि १ हजार रुपैयाँ शुल्क कायम गरेको छ ।

    त्यस्तै सिद्धार्थ बुटिक बौद्धले डिजे काजीको साथमा पुल पार्टीमा पाहुनाहरूलाई रमाइलो दिनेछ । साथै अड्रियन शाही र द कुजिन ब्याण्डको लाइभ सांगीतिक प्रस्तुतिका साथै विभिन्न फुड स्टल, अनसाइट बार र विभिन्न गिफ्ट ह्याम्परको समेत मज्जा लिन सकिनेछ ।

    चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा गायक निशान भट्टराईको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै थारु सांस्कृतिक नृत्य, लाइभ डिजे लगायतमा रमाउँदै लाइभ फूड स्टल, लाइभ बार स्टल, लाइभ बार स्टल, फायरवर्क्स लगायतको मज्जा लिन सकिनेछ । रिसोर्टमा जोडीका लागि २ हजार ४ सय ९९ रुपैयाँ र १ जनाका लागि १ हजार ३ सय ९९ रुपैयाँ शुल्क कायम गरिएको छ ।

    Sidhartha Hospitality.jpg

    सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका अन्य आउटलेटहरूमा पनि नयाँ वर्षको अवसरमा विशेष साँस्कृतिक प्रस्तुति आयोजना गरिने बताइएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij