images

बिहिवार, बैशाख २० गते २०८१

व्यवसायी भन्छन्–नेपालमा आर्थिक समृद्धि हेर्ने मन छ

व्यवसायी भन्छन्–नेपालमा आर्थिक समृद्धि हेर्ने मन छ

images
images
images
शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • व्यवसायी भन्छन्–नेपालमा आर्थिक समृद्धि हेर्ने मन छ

    भैरहवा, ३० चैत ।
    २०८० सालमा विभिन्न कारणले आफूहरु मर्कामा परेको भन्दै २०८१ सालमा नेपालमा आर्थिक समृद्धि हेर्ने मन रहेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले वर्तमान अवस्थाका कारण निजी क्षेत्र उत्साहित हुन नसकेको बताए ।

    images
    images
    images

    मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको क्यालेण्डर (भित्तेपात्रो) विमोचन तथा नव वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीले यस्तो बताएका हुन् ।

    IMG_4885.JPG

    कार्यक्रममा संघका अध्यक्ष बाबुराम पाण्डेले वार्षिक कार्ययोजना बनाएर संस्थाले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । 

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका सल्लाहकार अर्जुन कुमार गिरीले मदिरा व्यवसायका समस्या, कथा र व्यथा रहेको बताए ।
    नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले नयाँ वर्ष २०८१ को शुभारम्भसँगै आर्थिक स्थिति चलायमान हुने कामना गरे ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का कार्यबाहक अध्यक्ष हरि प्रसाद आचार्यले २०८० सालमा विभिन्न कारणले व्यवसायी मर्कामा परेको बताए । उनले अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा यस क्षेत्र अझ मारमा परेको बताए ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले २०८० सालमा व्यवसायी निकै मर्कामा परेको बताए । उनले भने, ‘नयाँ वर्ष २०८१ मा बजार चलायमान होस् । मुलुकमा आर्थिक समृद्ध होस् ।’

    मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले व्यवसायीले आशा भरोसा गरे अनुसार व्यवसाय अगाडि बढ्न नसकेकाले निजी क्षेत्र निरुत्साहित भएको बताए ।

    संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायीलाई समाज र राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले मदिरा व्यवसायीलाई अन्य व्यवसायी सरह अधिकार दिनुपर्ने बताए । उनले आर्थिक मन्दीको यो समयमा व्यवसायीको आत्मबल बढाउनुपर्नेमा जोड दिए ।

    संघका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले मदिरा व्यवसायी अत्यन्तै धरासायी भएको बताए । उनले घरेलु मदिराका कारण आफूहरु मारेमा परेकाले यस विषयमा सरकारी निकायले ध्यान दिनुपर्ने बताए ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले राजस्वमा योगदान गर्ने सम्पूर्ण करदातालाई सरकारले सम्मानजनक रुपमा हेरेको बताए । उनले भने, ‘२०८१ सालमा आर्थिक क्रियाकलाप बढो्स, राजस्व बढोस् ।’

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले सामाजिक दायित्वलाई ख्याल गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले पछिल्लो समय प्रहरी कार्यालयमा बैंकिङ कसुर, लेनदेनको मुद्दा बढी दर्ता भएको र आर्थिक अपराधका घटनामा वृद्धि भएको बताए । 

    सशस्त्र प्रहरी बल, नं. २७ गण हे.क्वा., रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा थापाले २०८१ साल सबैको सुखमय बितोस् भन्ने कामना गरे । 

    राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उप–अनुसन्धान निर्देशक हरिश विष्टले समाजप्रति जिम्मेवारी भएर व्यवसाय सञ्चालन गर्नु व्यवसायीको दायित्व भएको बताए । उनले मदिरा व्यवसायीले पसलमा आउने ग्राहकको अवस्था, उमेर ख्याल गर्न आग्रह गरे ।

    कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले भने, ‘यहाँहरुले चालेका सम्पूर्ण कदमहरु सफलताको शिखर चुम्न सफल होस् । अनुमतिपत्रमा भएका शर्तहरुको पालना गरी गर्नुपर्छ । यहाँहरु सबैले नियम, कानूनी दायरामा बसेर सञ्चालन गर्नुभएको छ भनेर सुन्न पाउँदा अत्यन्तै खुसी लागेको छ । राज्यको राजस्वमा यहाँहरुको योगदान छ ।’ उनले एउटा व्यवसायीको गलत मनसाय र व्यवहारको कारण सबैको व्यापारमा नराम्रो छाप नपरोस् भन्नका लागि व्यवसायीले पनि आफ्नोतर्फ नियमित रुपमा अनुगमन गर्नुपर्ने बताए ।

    कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ,  सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यबाहक अध्यक्ष रोहित अग्रवाल, यति बु्रअरीको प्रतिनिधि सोनु गौतम, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेल, जेसीआई सिद्धार्थ लेडी नेपालकी अध्यक्ष संगीता आचार्यलगायतले बोलेका थिए ।

    कार्यक्रम संयोजक एवं मदिरा व्यवसायी संघ भैरहवाका कोषाध्यक्ष सुन्दर भण्डारीको स्वागत तथा संघका महासचिव यादव पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij