images

बिहिवार, बैशाख २० गते २०८१

भैरहवामा यसरी मनाइयो ईद (फोटो फिचर)

भैरहवामा यसरी मनाइयो ईद (फोटो फिचर)

images
images
images
शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • भैरहवामा यसरी मनाइयो ईद (फोटो फिचर)

    भैरहवा, ३० चैत ।
    इस्लाम धर्मावलम्बीहरूले बिहीबार हर्षाेल्लासका साथ इद–उल–फित्र (ईद) मनाएका छन् ।  रमजानको एक महिनाको लामो व्रत (रोजा) पछि इदगाह तथा मस्जिदहरुमा बिहीबार बिहान ईदको सामूहिक नमाज पढिएको हो ।
     
    ईदको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) वडा नम्बर ६ पिपरहियास्थित ईदगाहमा बिहीबार प्रार्थना गर्ने र एक–अर्कासँग शुभकामना आदानप्रदान गर्नेहरुको घुइँचो लागेको थियो । इस्लाम धर्मावलम्बीहरुले एकअर्कालाई अंगालो हालेर ईद मुबारक भन्दै शुभकामना साटासाट गरेका थिए ।
     
    हिजरी संवतको रमजान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।
     
    चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम धर्मावलम्बीको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्बी (धर्मगुरु) ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । यस पर्वमा मस्जिद तथा ईदगाहमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ ।
     
    मौलाना फैजुल्लाले ईद भनेको खुसी भएको र यो खुसीमा गरीबको मद्दत गरिदै आएको बताए । उनले भने, ‘ईदमा इस्लाम धर्मावलम्बीहरु एकठाउँमा आएर अल्लाहको अगाडि शिर झुकाएर अल्लालाई धन्यवाद दिन्छन् । किनकी अल्लाहले हामीलाई रोजा बस्ने शक्ति प्रदान गर्नुभएको छ ।’

    images
    images
    images
    Faijulla.JPG


     अहले सुन्नत वजमात अन्जुमन इस्मालिया कमिटी सिद्धार्थनगर–६ का सचिव मोहम्मद अकिलले इद–उल–फित्रमा ईस्लाम धर्मावलम्बीहरु एक ठाउँमा भेला भइ मुलुकको विकासका लागि कामना गरिएको बताए ।

    IMG_4717.JPG

    सिद्धार्थनगर–६ का समसाद आलमले ३० दिनको व्रत सकिएपछि ईद मनाइने गरिएको बताए । उनले ईद पर्वमा खुसीयाली साटासाट गरिएको बताए । ईदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा पनि दिएको थियो ।

    IMG_4710.JPG

    Eid 6.jpg

    Eid 8.jpg

    Eid 13.jpg

    Eid 10.jpg

    IMG_4710.JPG

    IMG_4710.JPG

    IMG_4710.JPG

    IMG_4710.JPG

    IMG_4710.JPG

    IMG_4611.JPG
    IMG_4557.JPG
    IMG_4564.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij