images

बिहिवार, बैशाख २० गते २०८१

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको विचारले निर्देशित : सचिव अर्याल

मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको विचारले निर्देशित : सचिव अर्याल

images
images
images
बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेको विचारले निर्देशित : सचिव अर्याल

    रुपन्देही, २९ चैत । 

    images
    images
    images

    नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पदमा अर्यालले मुलुकका हरेक परिवर्तनको नेतृत्व आफ्नो पार्टीको विचारले निर्देशित भएको बताएकी छन् । उनले एमालेले अंंगालेको नीति, विचार र अडानका कारण आज मुलुक सही बाटोमा हिंड्न सकेको दावी गरिन् ।

    एमाले रुकुम पूर्वको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले देशका मुख्य आन्दोलन एमालेकै अगुवाई र योजनामा सफल भएको बताइन् । ‘२०४६–०४७ सालको आन्दोलनमा खेलेको भूमिका होस् कि २०५२ सालदेखि सुरु भएको युद्ध ठीक होइन, शान्तिपूर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने विचार होस् वा २०६२–०६३ सालको जनआन्दोलनमा नेकपा एमालेको नीति र विचार अनुसार नै सफल भएको हो, यसबाट प्रष्ट हुन्छ कि हरेको आन्दोलनको नेतृत्व र अगुवाई हाम्रो अगुवाइमा भएको छ’ उनले भनिन् ।

    पूर्वमन्त्री समेत रहेकी अर्यालले एमाले पहिचान विरोधी नभएको र सबै जाति, भाषा, लिङ, धर्म, संस्कृति, धार्मिक सहिष्णुतासहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज र राष्ट्र निर्माण हुनुपर्छ भन्ने विचारले अघि बढेको बताइन् । ‘नेपालको संविधान आफूले भने अनुरुप नभएको भन्दै नाकाबन्दी भोग्नुपरेको इतिहास कसैले बिर्सेको छैन, इतिहास सही ढंगले बुझ्नुपर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन जरुरी छ’ उनले भनिन् ।

    सचिव अर्यालले राजनीतिक अस्थिरताका कारण आज आमजनता निराश हुनुपरेको बताउँदै जसको थोरै सीट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रवृत्तिले राष्ट्रलाई थप कमजोर बनाउने बताइन् । उनले जनताका आशाहरुलाई एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउँदै एमालेका कार्यकर्तालाई आन्तरिक प्रतिष्पर्धा नभइ एमालेविरुद्धको मोर्चाबन्दी र घेराबन्दी जोड्ने कार्यमा एकताबद्व भएर लाग्न आग्रह गरिन् ।

    एमाले रुकुम पूर्वको नवौं जिल्ला अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै पार्टीका पोलिटब्यूरो सदस्य खेममान खड्काले विगतका दिनको समीक्षा र आगामी कार्ययोजना बनाउने यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताए । उनले नयाँ जोस जाँगरका साथ नयाँ नेतृत्व एकमना एकताका साथ बन्ने र भोलिको चुनौतीको सामना गर्न सक्ने नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरे ।

    उनले मुलुकमा राजनीतिक अस्थिरता अन्त्यका लागि दुई कित्ताको राजनीतिक धु्रवीकरण आवश्यक रहेको धारणा राखे ।

    अधिवेशनमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले एमालेले विकास निर्माणदेखि गुमेको राष्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउँदै आएको बताए । उनले एमाले दलित, गाउँमा बस्ने गरीब जनता, श्रमजीवी जनताको पार्टी भएको बताउँदै मुलुकको सर्वाधिक लोकप्रिय पार्टी भएको र यसलाई अझ बलियो बनाउन अब बन्ने नेतृत्वको ध्यान केन्द्रित गर्न आग्रह गरे ।

    कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पूर्व इन्चार्ज नवीन रोकामगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पश्चिम अध्यक्ष नन्दराम देवकोटालगायतले सम्बोधन गरेका थिए । जिल्ला अध्यक्ष टोपबहादुर ओली अध्यक्षता, गोपाल रेउलेको सञ्चालनमा भएको कार्यक्रममा स्वागत भावना बुढाथोकीले गरेकी थिइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij