images

बिहिवार, बैशाख २० गते २०८१

रूपन्देही सुपर लिग : न्यू होराइजन १६ रनले विजयी

रूपन्देही सुपर लिग : न्यू होराइजन १६ रनले विजयी

images
images
images
बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • रूपन्देही सुपर लिग : न्यू होराइजन १६ रनले विजयी

    भैरहवा, २९ चैत ।
    भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लबले जीत निकाल्न सफल भएको छ । बिहीबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यू होराइजनले मेलवर्न क्रिकेट क्लबलाई १६ रनले हराउँदै जीत हात पारेको हो ।

    images
    images
    images

    यहाँस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यू होराइजनले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १४ रनको योगफल खडा गर्यो । उसका लागि १ सय ४३ बलको सामना गरेका अमर मिश्राले ६ चौकाको मद्दतमा ८९ रनको अर्धशतकीय पारी खेले । यस्तै, निश्चल ज्ञवालीले २९, महेश भरले २४, बाबुराम क्षेत्रीले २२ र प्रदीप शाहनीले १० रन जोडे । बलिङमा मेलवर्नका रमेश कुर्मी, विष्णु कटरिया, सागर गैरे र इकलाख अहम्मदले २–२ तथा रोशनलाल गुप्ताले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको मेलवर्न ४६ ओभर ५ बलमा १ सय ९८ रन जोड्दा आलआउट भयो र हार व्यहोर्यो । उसका लागि इकलाख अहम्मदले ६०, समीर अलीले ४१, अजय रसाइलीले २३, सागर गैरेले १२ रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । बलिङमा न्यु होराइजनका सुमित पराजुलीले ४, अमर मिश्राले ३, प्रिन्स पालले २ तथा विपर्शन केसीले १ विकेट लिए । खेलमा होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij