images

बिहिवार, बैशाख २० गते २०८१

‘ई–ड्राइभ नेपाल’ को सेवा अब लुम्बिनी प्रदेशमा

‘ई–ड्राइभ नेपाल’ को सेवा अब लुम्बिनी प्रदेशमा

images
images
images
बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • ‘ई–ड्राइभ नेपाल’ को सेवा अब लुम्बिनी प्रदेशमा

    भैरहवा, २९ चैत ।
    लुम्बिनी प्रदेशमा राईड शेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालन हुने भएको छ । ई–ड्राइभ लुम्बिनी नेपाल र ई–ड्राइभ नेपालको सहकार्यमा उक्त सेवा पहिलोपटक लुम्बिनी प्रदेशमा सञ्चालनमा आउने बिहीबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

    images
    images
    images

    विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा राईड शेयरिङ सेवा उपलब्ध गराइरहेको ई–ड्राइभ नेपालले २०८१ वैशाख पहिलो सातादेखि लुम्बिनी प्रदेशको भैरहवा, बुटवल वरिपरीका क्षेत्रमा सेवा विस्तार गर्न लागेको ई–ड्राइभ लुम्बिनी नेपाल प्रा.लि.का अध्यक्ष राज कुमार गुप्ताले जानकारी दिए । उनले भने, ‘नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने उद्देश्य लिएको  ई–ड्राइभ नेपालको अभियानको यो दोस्रो पाइला हो ।’

    अध्यक्ष गुप्ताका अनुसार यो एप नेपालको एउटा पृथक एप हो, जुन नेपाली सफट्वेयर इन्जिनियरहरुको कौशललाई उपयोग गरेर नेपालमा नै नयाँ इनोभेसन गरिएको छ । यसले विद्युतीय गाडी (इलेक्ट्रिक भेइकल) लाई प्राथमिकतामा राखेको छ ।

    मेक इन नेपालको मुलभुत मुद्दालाई प्राथमिकतामा लिएर अघि बढेको तथा चालक र यात्रुलाई चलाउन सरल रहेकोले नै यो एपलाई लुम्बिनी प्रदेशमा ल्याइएको उनले बताए । ‘ई–ड्राइभ नेपाल’ ले लुम्बिनी प्रदेशमा पहिलो चरणमा कार, मोटरसाईकल, स्कुटर र निकट भविष्मा विद्युतीय टेम्पु सञ्चालन गर्ने योजना लिएको गुप्ताको भनाइ छ ।

    लुम्बिनी प्रदेशको आवश्यकतालाई महसुस गर्दै यस क्षेत्रका व्यक्तिहरुबाट आफ्नै ठाउँका युवाहरुलाई आफ्नै ठाउँमा रोजगारीको नयाँ अवसर उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याएको ई–ड्राइभ नेपाल प्रा.लि.का अध्यक्ष राजेश मास्केले बताए ।

    उनले भने, ‘इलेक्ट्रिक सेवाको उच्च प्रयोग, थुप्रै धनराशी विदेशिनुबाट जोगाउनु र वातावरण संरक्षण ई–ड्राइभ नेपालको अभियान रहेको छ । ई–ड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा चालक र सेवाग्राही (यात्रु) दुवैलाई तोकिएको बीमाको व्यवस्था गरिएको छ ।’

    अध्यक्ष मास्केले यात्रुको सुरक्षाका लागि नेभिगेसन प्रणाली प्रयोग गरिएको र सवारीसाधन कहाँ छ भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने बताए । सवारीसाधनको सम्पूर्ण नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीलाई थप ढुक्क बनाउने उनले विश्वास गरे ।

    ‘ई–ड्राइभमा अहिले अनलाइनमार्फत बुक गर्ने र भाडादर नेपाल सरकारले निर्धारण गरेअनुसार हुनेछ । सेवा विस्तार गर्दै जाने क्रममा निकट भविष्यमा प्रत्येक घण्टाको हिसाबले पनि बुक गर्न मिल्ने व्यवस्था गरिनेछ । ‘ई–ड्राइभ सेवाग्राहीको आफ्नै घरआँगनसम्म उपलब्ध हुनेछ, ’उनले भने।

    आगामी दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै आउने पर्यटक सम्पूर्णलाई छिटोछरितो, विश्वासिलो र भरपर्दो सवारीको लागि सम्पूर्ण सुविधा पुगोस् भन्ने सोचका साथ अगाडि बढेको मास्केको भनाइ छ । ‘ई–ड्राइभ नेपालको यात्रा सरल र सुलभ रहेको छ । यसलाई हामीले व्यापारका रुपमा नभएर सेवाका रुपमा हेरेका छौं, ’उनले भने । अनलाइन सवारीमा दुर्घटनामा घाइते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैयाँ बराबर (तेस्रो पार्टीबाहेक) बीमाको व्यवस्था रहने उनले बताए। 

    प्रा.लि.का डाइरेक्टर विशाल भण्डारीले सेवा शुभारम्भको अवसरमा राईडमा ५० प्रतिशत छुट रहने बताए । उनले विशेष अफरहरू पनि चलाउने योजना रहेको खुलाए । 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij