२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

शिक्षकहरुको मागमा कांग्रेसले आवश्यक सहयोग गर्छ : सभापति देउवा

बिहिवार , चैत्र २९, २०८०

  • 724
    Shares
  • 724
    Shares
  • भैरहवा, २९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरुको मागमा कांग्रेसले आवश्यक सहयोग गर्ने बताएका छन् ।  

    पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि शिक्षकहरुको ठुलो योगदान रहेको उल्लेख गर्दै शिक्षकहरुले उठाएका जायज मागका विषयमा कांग्रेसले सहयोग गर्ने बताए ।  

    नेपाल शिक्षक संघको २३ औं संघीय प्रतिनिधि सभालाई लुम्बिनीमा सम्बोधन गर्दै देउवाले शिक्षकको हकहित र अधिकार प्राप्तका लागि आफूहरु सधै सँगै रहेको बताएका छन् ।

    सो अवसरमा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रको बजेट बढाउनुपर्ने बताउँदै माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिए ।

    नेता कोइरालाले शिक्षामा लगानी नबढाएसम्म मुलुकको विकास हुन नसक्ने बताउँदै शिक्षामा लगानी बढाउँदै नेपाललाई आवश्यक शिक्षा नीति बनाउनुपर्ने बताए ।

    IMG_5901.JPG

     

    नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले संसदमा विचाराधिन अवस्थामा रहेको संघीय शिक्षा ऐनलाई तत्काल संसदबाट पारित गरी कार्यान्वयनमा ल्याउन माग गरे । उनले शिक्षकका जायज मागलाई सरकारले तत्काल सम्बोधन गर्न आग्रह गरे । शिक्षक संघको संघीय प्रतिनिधि सभा तीन दिनसम्म चल्नेछ ।