२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

संघीय निजामती ऐन छिट्टै संसदबाट पारित हुन्छ : मन्त्री जोशी

बुधवार , चैत्र २८, २०८०

  • 826
    Shares
  • 826
    Shares
  • बुटवल, २८ चैत ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् । मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन आउन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् । 

    नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटपछि बुधबार बोल्दै मन्त्री जोशीले आफू संघीयतालाई बलियो बनाउन र सुशासन कायम गर्नका लागि समेत उक्त ऐन आउनुपर्ने बताए ।

    उनले संघीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठूलो उपलब्धी हुने बताए । उनले देशभरका निजामती सेवामा रहेका कर्मचारीहरुको व्यवस्थापन गर्ने काम हुँदा ठूलो उपलब्धी हुने बताए । ‘संघीय जिजामती ऐन छलफल गरेर संसदबाट पारित हुन्छ, यसले देशभरका कर्मचारीहरुको व्यवस्थापन सहज हुनेछ,’ मन्त्री जोशीले भने ।

    उनले स्थानीय र प्रदेश तहको समेत कर्मचारी समायोजन लगायतका कार्यहरु गर्ने बताए ।  मन्त्री जोशीले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक ऐन र मापदण्ड निर्माणमा समेत आफू लागिपरेको बताए ।

    उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी रहेकाले अहिले आफू कर्मचारी व्यवस्थापनका लागि आवश्यक नीतिनियम बनाउने काममा खटिएको समेत बताए । उनले अहिले सुशासन कायम गर्दै संघीयतालाई दीगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए ।

    यसैबीच नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री जोशीलाई रुपन्देही जिल्ला कमिटीले स्वागत गरेको छ । जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादवले पार्टी कार्यालय बुटवल देवीनगरमा स्वागत गरेका हुन् । 
    उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य भगवती अधिकारी, केन्द्रीय सदस्य बाबुलाल यादव, प्रदेश सचिवालय सदस्य कमल भण्डारी, नेताहरु चिनबहादुर गुरुङ, रुक्माङगत घिमिरे, भिम पोख्रेल, हरि पहारी, शारदा पहारी, शेरधन गुरुङ, छवि भट्टराई, लोकराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।