images

बिहिवार, बैशाख २० गते २०८१

भैरहवामा देउवाले भने–कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन लागौं

भैरहवामा देउवाले भने–कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन लागौं

images
images
images
बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • भैरहवामा देउवाले भने–कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउन लागौं

    भैरहवा, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो मात्र नभइ बहुमत ल्याउने पार्टी बनाउने गरी लाग्न नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले पार्टीलाई एक गराएर बहुमत ल्याउने गरी लाग्न आग्रह गरे ।

    images
    images
    images

    नव वर्ष २०८१ को अवसरमा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा देउवाले यस्तो बताएका हुन् । 

    उनले भने, ‘साथीहरु ध्यान दिनुपर्ने कुरा के छ भने अहिलेको बेला हाम्रो पार्टी एक भएर हिंड्नुपर्ने अवस्था छ । एकआपसमा जे–जति मतभेदहरु छन्, ती सबैलाई थाती राखेर भए पनि पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ । अहिले हामीलाई अफ्ठयारो पार्ने स्थिति बनाइएको छ ।’Sher Bd. Deuba.jpg

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिरहेको बताए ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गरिदिन सभापति देउवासँग आग्रह गरे । उनले कांग्रेस नेतृत्वबाट विमानस्थल शिलान्यास र उद्घाटन भएको बताए । उनले काठमाडौंको केन्द्रीकृत मानसिकता तोड्न र सिण्डिकेट चिर्न आवश्यक रहेकोमा जोड दिए । 

    उनले भने, ‘चाडो भन्दा चाडो श्रम स्वीकृति, भिसा सेन्टर, हेल्थ सेन्टरको व्यवस्था गर्न र छिमेकी मुलुकसँग हवाई रुटका लागि पहल थाल्न आग्रह गर्दछु । हामी सभापतिज्यूप्रति निकै आशावादी छौं । ’उनले विमानस्थल सञ्चालनका लागि जोडदार रुपमा आवाज उठाउन देउवालाई आग्रह गरे ।

    कांग्रेस क्षेत्र नम्बर ३ का सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij