images

बिहिवार, बैशाख २० गते २०८१

मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

images
images
images
बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको छ : गृहमन्त्री लामिछाने

    काठमाडौं, २८ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
    प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए ।

    images
    images
    images

    लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको बताए । घटना विशेष अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि उनले आग्रह गरे ।

    छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दावीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए । पुराना निवेदन उपर कारवाही प्रक्रिया अगाडि बढाउने बहानामा ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेको भन्दै उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij