२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कांग्रेस सभापति देउवा रुपन्देहीमा

बुधवार , चैत्र २८, २०८०

भैरहवा, २८ चैत ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विभिन्न कार्यक्रममा सहभागी हुन बुधबार रुपन्देही आएका छन् । देउवाले तिलोत्तमा नगरपालिका–१३ स्थित बनकट्टीमा शहीद यादवनाथ आलोकको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

कांगेस क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आज बिहान आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा देउवा सहभागी हुनुभएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । 

देउवा दिउँसो नेपाल शिक्षक संघको लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।