२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

लुम्बिनीका मुख्यमन्त्री महराले चैत ३० मा विश्वासको मत लिने

मंगलवार , चैत्र २७, २०८०

  • 913
    Shares
  • 913
    Shares
  • रुपन्देही, २७ चैत ।
    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चैत ३० गते शुक्रबार विश्वासको मत लिने भएका छन् । उनी गत चैत २३ गते शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

    मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक सभामुख तुलाराम घर्ती मगरले तोकेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

    नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महरालाई गठबन्धन दल नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का ३, नेकपा (एकीकृत समाजवादी) १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

    मुख्यमन्त्री र ३ बिनाविभागीय मन्त्रीले आइतबार सपथ लिएका हुन् । मुख्यमन्त्री महराले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरुको कार्यविभाजन गर्ने तयारी गरेका छन् ।

    नवनियुक्त मन्त्रीहरुमा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जसपाबाट भण्डारीलाल अहिर रहेका छन् ।