images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : नेपथ्य तिलोत्तमाको जीत

रूपन्देही सुपर लिग : नेपथ्य तिलोत्तमाको जीत

images
images
images
सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • रूपन्देही सुपर लिग : नेपथ्य तिलोत्तमाको जीत

    भैरहवा, २६ चैत ।
    नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा मेलवर्न क्रिकेट क्लबमाथि जीत निकालेको छ । डिभिजन ‘ए’ अन्तर्गत सोमबारको खेलमा नेपथ्य तिलोत्तमाले मेलवर्नलाई ४ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    जीतका लागि पाएको १ सय ३७ रनको लक्ष्य नेपथ्य तिलोत्तमाले ३७ ओभर ५ बलमा ७ विकेट गुमाई १ सय ३९ रन बनाउँदै सहजै भेट्टायो । उसको जीतमा मनिष थापाले ६५ रनको अर्धशतकीय महत्वपूर्ण इनिङ खेल्दा संदीप यादवले २३, स्वस्तिक पराजुलीले १२, कृष्ण भुसालले ११ र अमन बोहराले अविजित १० रनको योगदान दिए । बलिङमा मेलवर्नका रोशनलाल गुप्ता र कृष्ण पराजुलीले २–२ तथा रमेश कुर्मी र इकलाख अहम्मदले समान १–१ विकेट लिए ।

    यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमा अलआउट हुँदै १ सय ३६ रनको झिनो योगफल बनाएको थियो । उसका लागि समीर अलीले ४३, इकलाख अहम्म्दले ३६ र रोशनलाल गुप्ताले १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमाल र आशुतोष पाण्डेले ३–३ तथा कृष्ण भुसालले २ विकेट लिए । खेलमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमाल प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij