images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देही प्रहरीद्वारा रोहिणीमा नागरिक सुनुवाई

रुपन्देही प्रहरीद्वारा रोहिणीमा नागरिक सुनुवाई

images
images
images
सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • रुपन्देही प्रहरीद्वारा रोहिणीमा नागरिक सुनुवाई

    भैरहवा, २६ चैत ।
    रुपन्देही प्रहरीले रोहिणी गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम–२०८० गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा ईलाका प्रहरी कार्यालय धकधईको सहकार्यमा रोहिणी–३, धकधईस्थित सरस्वती थर्कबहादुर रायमाझी फाउण्डेशन (धर्मशाला) मा कार्यक्रम भएको हो । 

    images
    images
    images

    नागरिकको गुनासो र प्रहरी कार्यप्रतिको जवाफदेहीताको लागि नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । 

    कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता चन्द्र कुमार सिंहले मलको अभाव देशमै रहेकाले किसानले सीमापारी भारतबाट १–२ मल ल्याउन बाध्य भएको बताए । यो कार्य कानूनी वा गैरकानूनी के हो भन्दै उनले प्रश्न गरे ।

    श्री पशुपति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकमा पनि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

    त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता छेदी प्रसाद गुप्ताले भारतबाट अवैध रुपमा नेपाल भित्रिने कुखुराका कारण नेपाली किसान मर्कामा परेको बताए ।

    नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य राजकुमार यादवले नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध भएकाले नेपाली नागरिक भारतमा आफन्तकहाँ जाँदा त्यहाँबाट पाउने कोसेली ल्याउन दिनुपर्ने बताए । 

    जनमत पार्टी रोहिणी गाउँपालिकाका अध्यक्ष विष्णु चौधरीले सरकारले समयमै किसानलाई मल उपलब्ध गराउन नसक्दा किसान मारमा परेको बताए । 

    नेकपा (एमाले) रुपन्देहीका जिल्ला सदस्य प्रदीप कुमार रोहिणी बोर्डरसँग जोडिएको पालिका भएको र लागूऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई दुव्र्यसनीबाट बाहिर ल्याउनुपर्ने बताए ।

    नेकपा (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सदस्य खुर्सीद आलमले ईलाका प्रहरी कार्यालय धकधईको प्रमुखको रुपमा कृष्ण प्रसाद घिमिरे आएपछि जनताले शान्ति सुरक्षाको अझ राम्रो अनुभुति गरेको बताए । उनले विरोध गर्न पाउने अधिकार भए पनि सामाजिक सञ्जालमा अपशब्द, गालीगलौज गर्न नपाइने बताए ।

    नेपाली कांग्रेस रोहिणी गाउँपालिकाका सभापति पारसनाथ योगीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रक्रिया वितरण ढिलाइ भएको भन्दै यसले छिटोछरितो बनाउनुपर्ने बताए ।

    समाजसेवी सतिशचन्द्र मिश्राले तस्करी रोक्नुपर्ने तर घरायसी प्रयोजनका लागि ल्याइने २ किलो चिनी, एक सेट कपडा भने ल्याउन दिनुपर्ने बताए । 
    स्थानीय निजामुद्दीन पठानले नागरिक सुनुवाई कार्यक्रमको दुरगामी प्रतिफल आउनुपर्ने बताए ।

    स्थानीय योगेन्द्र प्रसाद चौधरीले प्रहरी र समुदाय मिलेर अघि बढ्नुपर्ने बताए । राप्रपा नेतृ पदमा खत्रीले महिलाहरु घरेलु हिंसामा परेको बताइन् ।
    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सचिव बैजनाथ सहानीले भारतीय नम्बर प्लेटको सवारीसाधन हेर्नेबित्तिकै फरक दृष्टिकोण राखेर पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए ।

    समाजसेवी श्रवण पाण्डेयले ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहने गरी स्तरोन्नति गर्नुपर्ने बताए । रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले लागूऔषधको कुलतमा फसेका युवालाई बाहिर ल्याउनुपर्ने र समाधान गर्नुपर्ने बताए ।

    रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले सीमा क्षेत्रमै मदिरा पसल सञ्चालन हुँदा त्यसले विभिन्न घटनाहरु निम्तिएको बताए । 

    पूर्व प्रहरी विजय कुमार सिंहले स्थानीय सरकारसँग समन्वय गरेर सूचनाको हकसम्बन्धी गोष्ठी तथा कार्यक्रम गर्नुपर्ने बताए ।

    पूर्व प्रहरी रामनरेश कहारले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने बताए ।

    राप्रपाका सहायक महामन्त्री ताहिर अलीले भारतीय पर्यटक नेपाल प्रवेश गरेपछि केही समूहबाट दुःख दिने प्रवृत्ति रहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

    रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राम्रो कार्यक्रम गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खुल्ला सीमाका कारण केही समस्या रहेको बताए । उनले गाउँपालिकाको विकासका लागि जनताले आफूहरुलाई निर्वाचित गरेको बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त नभएका व्यक्तिले सवारीसाधन चलाउन नहुने र लाइसेन्स नभएका व्यक्तिलाई अरुले पनि सवारीसाधन चलाउन दिन नहुने बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले आम नागरिक प्रहरीसँग डराउन नहुने बताए । उनले भने, ‘प्रहरीसँग अपराधी डराउनुपर्छ । तसिर्नुपर्छ । ’

    एसपी राठौरले नागरिकको सुरक्षाको लागि प्रहरी दिनरात नभनी खटिएको बताए । उनले विभिन्न ठाउँमा नागरिक सुनुवाइ कार्यक्रम गर्ने सोच अनुसार रोहिणीमा कार्यक्रम गरिएको जानकारी दिए ।

    कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरुले ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको भन्दै प्रशंसा गरेका थिए ।

    IMG_3809.JPG
    IMG_3821.JPG
    IMG_3733.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij