images

शुक्रवार, बैशाख २१ गते २०८१

लुम्बिनी तेक्वान्दो टीमलाई बिदाई

लुम्बिनी तेक्वान्दो टीमलाई बिदाई

images
images
images
आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • लुम्बिनी तेक्वान्दो टीमलाई बिदाई

    भैरहवा, २५ चैत ।
    आइतबार (आज) देखि वैशाख २ गतेसम्म चितवनमा हुने ‘प्रथम बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत हुने तेक्वान्दो प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेश तेक्वान्दो टीमलाई बिदाई गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका कोषाध्यक्ष कोशिष बहादुर खड्काले एक कार्यक्रमकाबीच टीम अफिसियल तथा खेलाडीहरुलाई खादा लगाएर सम्मानसहित बिदाई गरेका हुन्  ।

    images
    images
    images

    लुम्बिनी प्रदेश तेक्वान्दो टीमबाट ११ जना महिला खेलाडी तथा ११ जना पुरुष खेलाडीहरु पुम्से तथा ग्यारोगीमा प्रतिष्पर्धा गर्ने टीममा प्रशिक्षक (कोच) मदन थापा तथा विष्णु चौधरी रहेका छन् । त्यस्तै टीम व्यवस्थापकमा राम प्रसाद कहार रहेका छन्  ।

    कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य समेत रहेका खड्काले लुम्बिनी प्रदेश प्रतियोगितामा प्रथम हुनेमा पुर्ण विश्वस्त रहेको र तेक्वान्दो टीमको स्वर्ण पदकद्वारा नै लुम्बिनी प्रदेश समग्र प्रतियोगितामा प्रथम स्थान हासिल गरी इतिहास कोर्न सफल हुने विश्वास व्यक्त गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij