images

शुक्रवार, बैशाख २१ गते २०८१

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी, तीन नेपाली खेलाडी अग्रस्थानमा

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी, तीन नेपाली खेलाडी अग्रस्थानमा

images
images
images
आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी, तीन नेपाली खेलाडी अग्रस्थानमा

    बुटवल, २५ चैत । 
    कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन सम्पन्न चौथौं चरणको खेलसम्ममा नेपालका तीन खेलाडी अग्रस्थानमा पुगेका छन् । प्रतियोगिताका प्रमुख आर्पिटर निरन्जन प्रजापतिका अनुसार सुदिप तामाङ, एफ.एम. रुपेश जैसवाल र सि.एम.पुरुषोत्तम चौलागाईं ४÷४ खेलमा जीत निकाल्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन् । नेपाली शीर्षस्थ खेलाडीहरुलाई पछ्याउँदै समान ४ अंक हासिल गर्नेमा भारतका सुधिर कुमार सिन्हा, डब्लू.एफ.एम. बृष्टि मुखर्जी र रिसब निसाद रहेका छन् । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको उजिर सिंह थापा मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका सिएम सजिन महर्जन, भारतका दिव्याशं कुमार सिंह र भारतकै निलेश कुमार ३.५ अंक सहित संयुक्त दोस्रो स्थानमा उभिन सफल बनेका छन् ।  

    नेपालका प्रशान्त गौतम, तिर्थ बहादुर बिके, सि.एफ.कृष्ण थापा, आशिष फूँयाल, गोविन्द खड्का, विनोद नाल्मि, विक्रम वैश्य, सुनिल बहादुर कोइराला, भिमदत्त पाण्डे, लक्ष्मण कुमार सेठ, सुदेश श्रेष्ठ, राम बहादुर क्षेत्री, सुरज महर्जन, शिवम् कुमार वि.के., शिखर रेग्मी, चमन गाहमगर, विकास बराल, अशोक मोहन श्रेष्ठ, विशनमान थैव, धिरेन राई र बिजनमान थैवले ३÷३ अंक जोड्दै संयुक्त तेस्रो स्थान ओगट्न सफल भइ दावेदारी पेश गरेका बनेका छन् । 

    नेपालको बुटवलस्थित अर्घाखाँची पार्टी प्यालेसमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा उच्च रेटेड बंगलादेशका खेलाडी सि.एम. एम.डि जमालउद्दिन, अमेरिकन खेलाडी वेभर सिया, भारतका सुभम् षी विपुल, प्रखर त्रिपाठी, हिमांशु हर्ष, दिलिप त्रिपाठी, आशुतोष कुमार लगायत ३३ जना खेलाडीहरुले ३ अंक बनाउदै तेस्रो स्थानमा भाग जमाउन सफल बनेका छन् । 

    हिजो (शनिबार) बाट सुरु रेटिङ समूह २ हजार मूनीको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा अब नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका १ सय ५० अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहनेछ । प्रतियोगितामा पहिलो हुने खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्नेछ । त्यसै गरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । 

    नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कूल ५० जना खेलाडीहरुले २० औं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् । मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता ९ चरणको लिग खेल चैत २७ गते सम्पन्न हुनेछ भने उत्कृष्ट अंक हुनेलाई उपाधि विजेता घोषणा गरिनेछ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij