images

शुक्रवार, बैशाख २१ गते २०८१

प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि रविन र युवराजको जोडीलाई

प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि रविन र युवराजको जोडीलाई

images
images
images
आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि रविन र युवराजको जोडीलाई

    तिलोत्तमा, २५ चैत ।

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित दश नम्बरमा सम्पन्न प्रदेशस्तरीय मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि रविन केसी र युवराज पुनको जोडीले जितेको छ । उनीहरु स्म्यास ब्याडमिन्टन क्लब बुटवलका खेलाडी हुन् । तिलोत्तमा १ ड्राइभरटोलस्थित नवीन ज्योति क्लबको आयोजनामा प्रदेशका ३२ टीमले भाग लिएको प्रतियोगितामा जबई ब्याडमिन्टन क्लबका रक्षा गुरुङ र प्रसाद गुरुङको जोडी दोस्रो भएको छ । यस्तै लाफा समूहका कृष नेपाल र पवन गिरीको जोडी तथा स्म्यास ब्याडमिन्टन क्लबका कमल गौतम र तुल्सी पाडे मगरको जोडी तृतीय भएका छन् ।

    प्रतियोगितामा सेमलारका मनसुन थापा उदियमान खेलाडी भएका छन् ।

    प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नवीन ज्योति क्लबले ब्याडमिन्टन खेलको विकास र खेलाडी उत्पादनसँगै सामाजिक काममा राम्रो काम गरेको भन्दै सराहना गरे । उनले तिलोत्तमालाई खेलकुदको हब बनाउन सकिने बताए । यस्तै होराइजन जीबीएसका प्राचार्य गोपाल आचार्यले युवा पुस्तालाई खेलकुदमा जोड्न सके उनीहरु गलत बाटोमा जानबाट रोकिने र हरेक व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ हुन खेलकुदको धेरै ठूलो भूमिका हुने बताए ।

    विजयी खेलाडीहरुलाई क्लबका अध्यक्ष कृष्ण पाण्डे, कार्यक्रम संयोजक विक्रम गुरुङ,ु चिव गंगा गैरे, सह–सचिव दीपक भट्टराई, क्लबकै सुमन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र, मेडल र ट्रफीहरु प्रदान गरेका थिए ।

    लुम्बिनी प्रदेशभित्र रहेका खेलाडीहरुमा भएको कला, क्षमता प्रदर्शनको अवसर प्रदान गर्ने र प्रदेशमै खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले दोस्रो नबिन ज्योति कप पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता गरिएको र आगामी दिनमा थप राम्रो गर्ने अध्यक्ष कृष्ण पाण्डेले बताए ।

    प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उदीयमान खेलाडीलाई नगद पुरस्कार पाएका छन् । प्रतियोगिता सम्पन्न गर्न तिलोत्तमा नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij