images

शुक्रवार, बैशाख २१ गते २०८१

मनको स्थिरताका निम्ति ध्यान आवश्यक : डा. खगेन्द्र सुवेदी

मनको स्थिरताका निम्ति ध्यान आवश्यक : डा. खगेन्द्र सुवेदी

images
images
images
आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • मनको स्थिरताका निम्ति ध्यान आवश्यक : डा. खगेन्द्र सुवेदी

    भैरहवा, २५ चैत ।
    भैरहवामा एक कार्यक्रममा मानिसको अन्तर्मनबारे बृहत चर्चा गरिएको छ । मनको प्रकृति र यसले मानिसको जीवनशैलीमा पार्ने प्रभाव विषयमा अन्तरक्रिया समेत गरिएको थियो । 

    images
    images
    images

    नेपाल सरकारका सह–सचिव मनोविद तथा उत्प्रेरक वक्ता डा. खगेन्द्र प्रसाद सुवेदीले मनको स्थिरताका निम्ति ध्यानको आवश्यकता रहेको बताए । लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को  १०९ औ श्रृंखलामा कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य वक्ता समेत रहेका सुवेदीले एलएसडीटीले सञ्चालन गर्ने तालिमको नियमित अभियानले असल लिडर बन्न उत्प्रेरित गर्ने समेत बताए ।

    कार्यक्रमका सभापति आस्था महिला उद्यमी संघकी अध्यक्ष तथा एलएसडीटी सदस्य मिनिता क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा एलएसडीटी सदस्यहरुका कलेजमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सरु रेग्मी कपूरले बताइन् । उनले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

    एलएसडिटीको कार्यक्रममा हरेक श्रृंखलामा फरकफरक सदस्यहरुले विभिन्न भूमिका पाउने भएकाले तालिम अतिउपयोगी हुने सदस्य पुजा आचार्यले अनुभव सुनाइन् । आचार्यले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

    DSC_4560.jpg

    यो तालिम भैरहवाको होटेल एसियन बुद्धमा नियमित निःशुल्क सञ्चालन हुँदै आएको छ । यसमा सदस्यहरुले स्वयं आर्थिक योगदान गर्ने तालिम व्यवस्थापन समितिका सदस्य हरिश सेठियाले बताए । एलएसडीटी तालिमका संस्थापक तथा प्रस्तोता विजय पाण्डे हुन् । उनले गत २०७८ सालदेखि नियमित प्रशिक्षण दिदै आइरहेको तालिमको व्यवस्थापन समितिका सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij