२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

संस्कृत विद्याश्रमलाई लायन्स सिद्धार्थनगर र लोटसको सहयोग

मंगलवार , श्रावण ६, २०७७

भैरहवा, ३ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्याश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । वर्ष २०२०/२१ को जिम्मेवारी सम्हालेपछि दोस्रो कार्यक्रमको रुपमा शनिबारखाद्यान्न सामाग्री वितरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष एमजेएफ नेत्र प्रसाद आचार्यले बताए । यस अघि क्लबले वृक्षारोपण कार्यक्रम गरिसकेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख महिला विकास अधिकृत शारदा बस्यालले संस्कृत भाषाले मानिसलाई आचरण र नैतिकता भित्र बांध्ने काम गर्ने बताइन् । उनले लायन्स र लियोले गरेका सामाजिक उत्तरदायित्वका कार्यहरु प्रशसंनीय रहेको र सेवाका हातहरु वास्तविक पीडितसम्म जानुपर्ने बताइन् ।

संस्कृत विद्याश्रम भैरहवाका अध्यक्ष डी.आर. शर्माले विद्याश्रमलाई निरन्तर रुपमा लायन्स क्लबले सहयोग गर्दै आएको बताए ।
लायन्स डिष्ट्रिक ३२५ बी टु नेपालका स्टे«टेजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले संस्कृत विद्याश्रमलाई सहयोग गर्ने कार्य प्रशसंनीय रहेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी, सिद्धार्थनगर वर्ष २०२०/२१ का अध्यक्ष देवराज न्यौपानेले लायन्सले नितान्त मानवीय सेवा गर्दै आएको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष दुर्गा आचार्यको अध्यक्षता, कार्यक्रम संयोजक भरत भट्टराईको स्वागत, अर्का कार्यक्रम संयोजक रुपमाया पुनको ध्वजा अभिवादन तथा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।