images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : सैनामैना तीन विकेटले विजयी

रूपन्देही सुपर लिग : सैनामैना तीन विकेटले विजयी

images
images
images
शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • रूपन्देही सुपर लिग : सैनामैना तीन विकेटले विजयी

    भैरहवा, २४ चैत ।

    images
    images
    images

    भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबले जीत निकालेको छ । सैनामैनाले जेआर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै जीत हात पारेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको जेआरले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा २ सय ४९ रनको योगफल बनायो । उसका लागि खडक बोहराले ४९, संदीप सुनारले अविजित ४८, गगन अधिकारीले ३०, प्रकाश जैशीले २७, डालबहादुर क्षेत्रीले २२, विशाल भुसालले २० र अनमोल थापाले १९ रन जोडे । बलिङमा सैनामैनाका निश्चल क्षेत्री र यद्भ यादवले २–२ तथा सुनिल पौडेल र रञ्जित क्षेत्रीले समान १–१ विकेट लिए ।

    जवाफमा सैनामैनाले ३९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै २ सय ५० रन बनाउँदै सहजै जीत निकाल्न सफल भयो । उसको जीतमा विक्रम गौतमले ७३ रनको अर्धशतकीय महत्वपूर्ण पारी खेले । यस्तै, सुनिल पौडेलले ३९, दिलसद अलीले ३८, रोमन पाठकले २२ र सुजन क्षेत्रीले २० रनको योगदान दिए ।

    बलिङमा जेआरका संदीप सुनारले ३, सागर गिरी, नरेन साउद, खडक बोहरा र विशाल भुसालले समान १–१ विकेट लिए । सैनामैनाका विक्रम गौतम म्यान अफ द म्यााच भई १ हजार २ सय रुपैयाँबाट पुरस्कृत भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij