images

शुक्रवार, बैशाख २१ गते २०८१

दोस्रो अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि गण्डकीका तिर्थ पुनलाई

दोस्रो अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि गण्डकीका तिर्थ पुनलाई

images
images
images
शनिवार, चैत्र २४ २०८०
शनिवार, चैत्र २४ २०८०
  • दोस्रो अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि गण्डकीका तिर्थ पुनलाई

    भैरहवा, २४ चैत । 
    लुम्बिनीमा सम्पन्न दोस्रो अन्तराष्ट्रिय शान्ति म्याराथनको उपाधि गण्डकीका तिर्थ पुनले जितेका छन् । ४२ दशमलव १९ किलोमिटरको दुरी पुनले २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पार गरेका छन् । उनले मेडल तथा शिल्डसहित ५ लाख रुपैयाँ नगद हात पारेका छन् । 

    images
    images
    images

    त्यस्तै नेपाली सेनाका खड्ग बहादुर खड्काले २ घण्टा २१ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान बनाए । कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले तेस्रो स्थान हात पार्दा २ घण्टा २२ मिनेट ४० सेकेण्डमा दुरी पुरा गरे । 

    दौडमा दोस्रो हुने खड्काले ३ लाख र तेस्रो स्थान हासिल गर्ने बुढाले २ लाख नगद प्राप्त गरेका छन् । त्यसै गरी महिलातर्फको हाफ म्याराथनमा बागमति प्रदेशकी सन्तोषी श्रेष्ठले उपाधी जितेकी छन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पुरा गरिन् । 
    उपाधि जित्दै उनले शिल्ड र मेडलसहित २ लाख रुपैयाँ नगद हात पारिन् । १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार्दै नेपाली सेनाकी पुर्ण राज्यलक्ष्मी न्यौपाने दोस्रो भइन् ।

    तेस्रो स्थान हासिल गरेकी सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी पार गरिन । दोस्रो हुने न्यौपानेले १ लाख ६० हजार तथा तेस्रो हुने भण्डारीले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गरिन् । 

    लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति दौड अन्तरगत ५ किलोमिटर महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता तथा स्कूल अन्र्तगतको महिला तथा पुरुषहरुको प्रतियोगिता गराइएको थियो । 

    त्यस्तै बौद्धकालिन खेल अन्तरगत कुस्ती र आर्चेरीको डेमोस्टे«सन गरिएको थियो । 
    नेपाल ओलम्पिक कमिटी, लुम्बिनी खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपालस्थित चिनिया दुतावासले प्रतियोगिता आयोजनामा गरेका हुन् । 

    खेलमार्फत लुम्बिनीको ब्राण्डिङ गर्नेे उद्देश्यले लुम्बिनीमा हरेर वर्ष अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुँदै आएको छ । यो वर्ष नेपालसहित चीन, पाकिस्तान, भारत, श्रीलंकाका धावकहरुको सहभागीता रहेको थियो । 

    लुम्बिनीबाट सुरु भएको म्याराथन लुम्बिनी परिसरको परिक्रमा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट फर्किएर पुनः लुम्बिनी स्कावयर आएर टुंगिएको थियो । यो रुटले यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय मान्यता समेत पाएको छ ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij