२०८३, आषाढ २९ गते

Jul 13 2026 | २०८३, आषाढ २९ गते

औषधी व्यवसायी लुम्बिनी प्रदेशको पदस्थापन

शनिवार , चैत्र २४, २०८०

  • 985
    Shares
  • 985
    Shares
  • बुटवल, २४ चैत । 
    नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । चैत ११ र १२ गते सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार एक समारोहकाबीच नेपाल औषधी व्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय सदस्य भुवनेश्वर बुढा, सल्लाहकार डा. रोहितराज क्षेत्री, सल्लाहकार निर्मलध्वज श्रेष्ठ, निवर्तमान अध्यक्ष शिव ज्ञवालीले नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेलाई माला, माईन्यूट हस्तान्तरण गरी पदस्थापन गरिएको हो । 

    कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले व्यवसायिक हकहितसंगै संघ सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए । जिल्ला एकताबद्ध र बलियो भए संघको केन्द्र बलियो हुने तर्क दिदै उनले व्यवसायीहरु एकजुट भइ संस्थागत रुपमा आवाज उठाउनुपर्ने बताए । व्यवसायीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम र अभिमुखीकरण जरुरी हुने भन्दै उनले यस्ता कार्यक्रममा जोड दिएर योजना अघि बढाउन उनले सुझाव दिए । हाल २ वर्षसम्मको म्याद ग्रुजेका औषधीहरु फिर्ता हुने प्रावधान रहेको भन्दै यसको शतप्रतिशत कार्यान्वयनमा लाग्न आग्रह गरे । 

    संघका नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेले गुणयुक्त, असरयुक्त जनसुरक्षित औषधीको आपूर्ति, हाम्रो प्रतिवद्धतालाई मूल मन्त्रलाई सधै आत्मसात गरेर अघि बढ्नुपर्ने बताए । 

    कार्यक्रममा संघका रुपन्देही जिल्ला पूर्वअध्यक्ष सुरज भट्टराईले खाद्यपुरक वस्तु (फूड सप्लिमेन्ट) को विषयमा चासो दिन जरुरी रहेको बताए । कुनै पनि हालतमा यो विक्रीवितरणमा रोक्न जरुरी रहेको उनले बताए । 

    कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, महासचिव प्रकाश ज्ञवालीले नयाँ कार्यसमितिलाई अवसरका साथै धेरै चुनौतीहरु रहेको भन्दै जिल्लाहरुलाई सबल र सक्षम बनाउदै अघि बढ्ने बताए । 

    यसैबीच संघका रुपन्देही जिल्लाका कार्यबाहक अध्यक्ष नारायण बहादुर थापा, सचिव कृष्ण पोखरेल, पूर्वअध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित प्रदेश समितिलाई सम्मान गरेको छ ।