images

बिहिवार, बैशाख २७ गते २०८१

ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड

ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड

images
images
images
शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड

    भैरहवा, २३ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानको माध्यमबाट सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ को पहिलो दिन भएको लुम्बिनी अन्तराष्ट्रिय मेडिटेसन डे को उद्घाटनपश्चात बोल्दै मन्त्री श्रेष्ठले ध्यानले आफुसंगै समाज र राष्ट्रलाई रुपान्तरण गर्न सक्ने बताएका हुन् । 

    images
    images
    images

    मन्त्री श्रेष्ठले बुद्ध माग, शान्ति र ध्यान एक अर्काको परिपुरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्गसँगै मेडिटेसनको हबको रुपमा पनि विकास गर्नुपर्नेमा जोड दिए । उनले ध्यानका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रुपमा लिन सकिने बताउँदै सबैलाई ध्यानमा सहभागी हुन पनि आग्रह गरे । उनले नेपाल सरकारले अप्रिल ५ लाई लुम्बिनी अन्तराष्ट्रिय मेडिटेसन डे को रुपमा मनाउनका लागि संयुक्त राष्ट्र संघलाई प्रस्ताव गर्न लागिएको बताए ।  

    नेपालका लागि चिनियाँ राजदुत चेन सोङले बुद्ध जन्मस्थल लुम्बिनीमा भएको अन्तराष्ट्रिय मेडिटेसन डेले लुम्बिनीमा चिनीया बौद्धमार्गीसंगै अन्य बौद्धमार्गीहरु बढ्ने बताए । 

    नेपाली राजकुमारी भृकुटीको र मुर्तिकार अरनिकोलाई नेपाल र चीन दुवै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदुत सोङले यसबाट परापुर्वकादेखि नै नेपाल र चीनबीच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए ।

    नेपालले अन्तराष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लगे चीनले त्यसको सर्मथन गर्ने उल्लेख गर्दै लुम्बिनीलाई ध्यानको राजधानी बनाउन आग्रह गरे । त्यसै गरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्न सकिने बताए ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुताबास, लुम्बिनी विकास कोषको आयोजनामा भएको कार्यक्रम भएको हो । कार्यक्रमले लुम्बिनीलाई विश्व शान्ति र धार्मिक साँस्कृतिक पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन र नेपाल चीनबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उद्देश्यले महोत्सव गरिएको हो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij