२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

अखिल नेपाल पिछडावर्ग लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भैरहवामा हुँदै

शुक्रवार , चैत्र २३, २०८०

  • 826
    Shares
  • 826
    Shares
  • भैरहवा, २३ चैत ।
    अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठन ओबीसीको प्रथम अधिवेशन चैत २४ गते शनिबार (भोली) बिहान ११ बजेदेखि सुरु हुने शुक्रबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।

    सिद्धार्थनगर नगरपालिका–८ स्थित होटल प्रिमियर प्यालेसमा अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय अध्यक्ष तेज प्रकाश निसादको प्रमुख आतिथ्यतामा अधिवेशन हुने केन्द्रीय सचिवालय सदस्य संजय कुमार गुप्ताले बताए । अधिवेशनमा अध्यक्ष निसादसहित लुम्बिनी प्रदेशमा रहेका एमालेका नेताहरु आउने उनले बताए । अधिवेशनमा लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, बाँके, बर्दिया र दाङबाट २ सय प्रतिनिधि र पार्टीका शुभेच्छुक, नेता २ सय गरी ४ सय जनाको सहभागीता रहने गुप्ताले जानकारी दिए ।

    नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देहीको रोहिणी गाउँपालिकाका इञ्चार्ज समेत रहेका गुप्ताले भने, ‘६ जिल्लाका प्रत्येक पालिकाबाट छनौट भएका ५–५ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुँदैछन् । ओबीसीमा ४९ वटा जातजाति सम्मिलित (आबद्ध) छन् । ’

    नेकपा (एमाले) ले राम्रो काम गर्दागर्दौ कहिलेकाही तराई–मधेशमा पार्टीप्रति नकारात्मक सन्देश फैलाउने गरिएको भन्दै उनले ओबीसी महासंघमार्फत एमालेलाई अझ बलियो बनाउने गरी अघि बढेको बताए । राज्यको विभिन्न क्षेत्रमा पिछडावर्गको पहुँच पुग्न नसकेको उनको भनाइ छ ।  

    सकेसम्म शनिबार (भोली) नै अधिवेशन सम्पन्न गर्ने र पहिलो चरणमा ५१ सदस्यीय प्रदेश कमिटी बनाउने योजना रहेको गुप्ताले बताए ।

     

    images