images

बुधवार, बैशाख २६ गते २०८१

लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय ध्यान दिवस

लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय ध्यान दिवस

images
images
images
शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय ध्यान दिवस

    लुम्बिनी, २३ चैत । बुद्ध जन्मस्थल लुम्बिनीमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस मनाइएको छ । ध्यानको माध्यमबाट बुद्ध शिक्षाको महत्वलाई विश्वव्यापा बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय ध्यान दिवस मनाइएको हो । सरकारले संयुक्त राष्ट्र संघलाई अप्रिल ५ लाई लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउनका लागि घोषणा गरिदिन आग्रह गर्दै लुम्बिनीमा ध्यान साधना गर्दै पहिलो दिवस मनाइएको छ ।

    images
    images
    images

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चीनिया दुतावास, नेपाल ओलम्पिक कमिटी, लुम्बिनी विकास कोष लगायतको आयोजनामा लुम्बिनी अन्तराष्ट्रिय ध्यान दिवस मनाइएको हो ।

    लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भिक्षुभिक्षुणी, गुरु गुरुमा तथा लामाहरुले परित्राण पाठ गरेर पहिलो लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको सुरुवात गरेका दिए । ध्यान साधनामा सहभागी हुन चिनियाँ पर्यटकसँगै आन्तरिक तथा अन्य बाह्य पर्यटक र स्थानीयबासीको सहभागीता रहेको थियो ।

    परित्राण पाठसँगै विभिन्न बौद्ध ध्वनी तथा वाणीहरुले बिहानैदेखि लुम्बिनी गुञ्जायमान बनेको थियो । सो अबसरमा बोल्दै नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बौद्ध ध्यान विधिलाई महत्व दिएर दिवसका रुपमा मनाउन थालिएको बताए । उनले यसलाई हरेक वर्ष अन्तराष्ट्रिय दिवसका रुपमा मनाउन नेपाल सरकारले पहल गर्ने बताएका छन् ।

    नेपालका लागि चिनिया राजदुत चेन सोङ्गले लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय ध्यान दिवसले लुम्बिनीलाई ब्राण्डिङ गर्न तथा नेपालमा पर्यटक भित्राउनका लागि ठूलो सहयोग गर्ने बताएका छन् । उनले ध्यानका माध्यमबाट मानिसमा सकारात्मक सोच, तनाव व्यवस्थापन, शान्ति र शारीरिक रुपमा तन्दुरुस्त राख्न टेवा पुर्याउने बताए । 

    IMG_5573.JPG
    IMG_5470.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij