२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

गर्मीबाट बचाउन तातो हावा ‘लु’ प्रतिकार्य योजनाबारे छलफल

शुक्रवार , चैत्र २३, २०८०

  • 895
    Shares
  • 895
    Shares
  • भैरहवा, २३ चैत ।
    तातो हावाको लहर ‘लु’ प्रतिकार्य योजनाबारे रुपन्देहीको भैरहवामा छलफल भएको छ । गर्मीयाममा कसरी ‘लु’ बाट बच्न सकिन्छ भन्ने विषयमा नगरभित्रका विद्यालयका शिक्षहरुसँग छलफल भएको हो । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहकार्य र सहयोगमा सो कार्यशाला गोष्ठी (हीट अवयरनेस वर्कसप) भएको हो ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रममा अमेरिकी रेडक्रसका राष्ट्रिय कार्यक्रम संयोजक उपमा ओझा, आशामा सुवेदी लगायतले बोल्दै तातो हावा ‘लु’ बाट बच्ने उपायका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    सिद्धार्थनगरभित्रका २२ वटा विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागीतामा भएको कार्यक्रममा गर्मीमा तातो हावा लहर लु बाट कसरी बच्न सकिन्छ भन्ने विषयमा समुहगत छलफल गरिएको थियो । 

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका शिक्षा शाखाका प्राविधिक कृष्ण पोखरेल, तातो हावाको लहर ‘लु’ प्रतिकार्य कार्यदल सिद्धार्थनगरका सदस्य सचिव यादव प्रसाद सापकोटा, रेडक्रस रुपन्देहीका कोषाध्यक्ष सुशील गुरुङ, मन्त्री रामचन्द्र उपाध्यायलगायतको सहभागीता रहेको थियो । 

    रेडक्रस रुपन्देही शाखाका अधिकृत एवं परियोजनाका फोकलपर्सन कृष्ण मल्लको सञ्चालनमा कार्यक्रम भएको थियो ।