भैरहवा, १९ चैत ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना तथा सुपर प्रोजेक्टको सहयोगमा जिल्ला शाखा तथा उपशाखाहरुको लागि श्रोत परिचालन तथा कोष वृद्धि तालिम सोमबारदेखि भैरहवामा सुरु भएको छ ।
रेडक्रस जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही जिल्लाका २० वटा उपशाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा प्रमुख सहजकर्ता रेवतीरमण ढकाल, रेडक्रसका केन्द्रिय निर्देशक धर्मदत्त विडारी, स्वीस रेडक्रसका नेपाल प्रतिनिधि तिर्थ पाण्डे र घनश्याम सापकोटाले सहजीकरण गरेका छन् । स्वीस रेडक्रसको सहयोगमा कार्यक्रम भएको मन्त्री रामचन्द्र उपाध्यायले बताए ।
जिल्ला शाखाका उपसभापति मित्रलाल न्यौपानेको तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा तालिमको शुभारम्भ कार्यक्रम भएको थियो । कार्यक्रममा रेडक्रस रुपन्देही शाखाका उपसभापति रुपमा हिराचन कोषाध्यक्ष सुशील गुरुङ, पूर्व केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
रेडक्रसले विपद् तथा मानवीय क्षेत्रमा काम गर्दै आएको छ ।