२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

पाल्ही बहुमुखी क्याम्पसका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण

बिहिवार , फाल्गुण ६, २०७७

परासी, ६ फागुन । 
पाल्ही बहुमुखी क्याम्पस जितपुर परासीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराइएको छ । प्रथम क्याम्पस सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचत समितिले सपथग्रहण गराएपछि पदाधिकारीहरुले पदभार पनि ग्रहण गरेका थिए । 

क्याम्पसले आयोजना गरेको सपथग्रहण समारोहमा क्याम्पसका अध्यक्ष राधेश्याम पाठको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । 

क्याम्पसको प्रथम सभा तथा अधिवेशनबाट अध्यक्ष पदमा पुन : राधेश्याम पाठक निर्वाचित भएका छन् भने लेखा संयोजकमा अनिल कुमार गौड निर्वाचित भएका छन् । त्यस्तै सदस्य (संरक्षक) सुवाष अग्रवाल, सदस्य (संरक्षक) श्रीधर बस्याल र सदस्य (आजिन) सम्झना चौधरी निर्वाचित भई सपथग्रहण गरेका हुन् । क्याम्पस अध्यक्ष राधेश्याम पाठकले पूर्ण कार्यसमितिका लागि १० जना सदस्यहरुलाई मनोनित पनि गर्ने जनाएका छन् । 

सपथग्रहण समारोहमा प्रमुख अतिथि पूर्वगृहराज्य मन्त्री देवेन्द्र राज कंडेल, विशिष्ट अतिथि प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु पौडेल, स्वतन्त्र राजनितिक समुहका संयोजक राधेरमण पाण्डे, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुंवर, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।