२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

बुटवलमा ‘बाआमासँग नगरप्रमुख’ कार्यक्रम

शुक्रवार , चैत्र १६, २०८०

  • 892
    Shares
  • 892
    Shares
  • बुटवल, १६ चैत । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम अन्तरगत शुक्रबार वडा नम्बर ६ र ८ मा स्वास्थ्य परीक्षण गरिएको छ ।  

    बुटवल–६ को जेष्ठ नागरिक मिलन केन्द्रमा कार्यक्रमको सुरुवात गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सबै वडाहरुमा सञ्चालन हुने बताए । उनले जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्नका लागि बुटवलले आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा स्वास्थ्य परीक्षण मात्रै नभइ बाआमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने र त्यसको समाधानको प्रयास गरिने बताए ।

    नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए ।

    चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए । उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताए ।

    उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. पाठक, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थीलगायत विशेषज्ञ चिकित्सक, निजी अस्पतालहरुका चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । 

    अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिसमेत निःशुल्क दिइने उनले बताए । वडाहरुमा सञ्चालन भएका यस्ता अभियानले नागरिकको घरदैलोमै सेवा पुग्ने भएकाले लाभ लिन वडाअध्यक्षहरु लोकनाथ न्यौपाने र यज्ञप्रसाद पंगेनीले बताए ।

    यो अभियानअन्तरगत यसअघि बुटवलका वडा नम्बर २, ३, ११, १२ र १३ मा सञ्चालन भइसकेको छ भने बाँकीमा नियमित रुपमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

    Health Check Up (1).jpeg